राष्ट्रिय संचार नीति २०४९
प्रस्तावना
१. उद्देश्य
२. नीति
२.१ पत्रपत्रिका सम्बन्धी नीति
२.२ प्रसारण सम्बन्धी नीति
२.३ सूचना सम्बन्धी नीति
२.४ सरकारी क्षेत्रमा रहेका संचार माध्यमहरूको समाचार सम्बन्धी नीति
२.५ हुलाक सम्बन्धी नीति
२.६ चलचित्र सम्बन्धी नीति
२.७ दूरसंचार सम्बन्धी नीति
२.८ विभागहरूको व्यवस्थापन सम्बन्धी नीति
२.९ संस्थानहरूको व्यवस्थापन सम्बन्धी नीति
३. सूचना तथा संचार मन्त्रालय
४. निकायगत उद्देश्य र नीतिहरू
४.१ हुलाक सेवा विभाग
४.२ मुद्रण विभाग
४.३ सूचना विभाग
४.४ राष्ट्रिय प्रसारण प्राधिकरण (रेडियो नेपाल)
४.५ राष्ट्रिय प्रसारण प्राधिकरण (नेपाल टेलिभिजन)
४.६ नेपाल दूरसंचार संस्थान
४.७ गोरखापत्र संस्थान
४.८ राष्ट्रिय समाचार समिति
४.९ नेपाल चलचित्र विकास संस्थान
४.१० प्रेस काउन्सिल
प्रस्तावना
नेपाली जनताले प्रजातन्त्र प्राप्तिका लागि गरेको लामो संर्घष्ा
र बलिदानपूणै जनआन्दोलनको परिणामस्वरूप हासिल गरेको नेपाल अधिराज्यको
संविधान २०४७ ले प्राथमिकताका साथ प्रत्याभूति गरेको विचार र अभिव्यक्ति
स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई र्सार्वजनिक महत्वको कुनै पनि
विषयको सूचना माग्ने र पाउने हकको मूल मर्मलाई हृदयंगम गरी सूचना
र संचारका सम्पर्ूण्ा माध्यमहरूलाई विश्वसनीय, प्रभावकारी एवं सुदृढ
बनाउनु पर्ने आवश्यकता भएकोले,
सूचना र संचारका क्षेत्रमा उपलब्ध आधुनिकतम प्रविधि र प्रक्रियाको
प्रयोग गरी आवश्यक र उपयुक्त माध्यमहरूका निम्ति निजी क्षेत्रको
समेत सहभागिता बढाउँदै जानु पर्ने देखिएकोले,
श्री ५ को सरकारद्वारा गठित संचार नीति मस्यौदा कार्यदलले सूचना
र संचारक्षेत्रका विशेषज्ञ, ज्ञाता र उपभोक्ताहरू समेतबाट व्यापक
सुझाव र विचारहरूको संग्रह गरी तयार पारेको मस्यौदाको आधारमा श्री
५ को सरकारले यो राष्ट्रिय संचार नीति तर्जुमा गरेको छ ।
१. उद्देश्य
१.१ नेपाल अधिराज्यको संविधिान २०४७ द्वारा प्रत्याभूत जनताको अभिव्यक्ति
स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवं सर्ंवर्द्धन
गर्न नेपाल अधिराज्यको र्सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय
स्वतन्त्रता एवं स्वाभिमानलाई अक्षुण्ण राखी प्रजातन्त्रको संस्थागत
विकास गर्न मुलुकको आर्थिक, सामाजिक क्रियाकलाप जनसमक्ष पुर्याउने
र प्रजातान्त्रिक संस्कारको सर्ंवर्द्धन गर्ने ।
१.२ विभिन्न जाति, भाषा, वर्ग र धार्मिक सम्प्रदायका बीच समानता,
आपसी सद्भावना र सामन्जस्यको वातावरण सृजना गरी कानुनी राज्य सिद्धान्तको
आधारमा सम्पर्ूण्ा जनताले शान्तिपर्ूवक प्रजातन्त्रका लाभहरूको उपभोग
गर्नसक्ने गरी नागरिकहरूलाई चेतनशील तुल्याउन संचार माध्यमलाई प्रभावकारी
बनाउने ।
१.३ राष्ट्रिय हितलाई सर्वोपरि राखी संवैधानिक राजतन्त्र एवं बहुदलीय
प्रजातन्त्रका आधारभूत मूल्य मान्यता, राष्ट्रिय एकताको संरक्षण
एवं सुदृढीकरण गर्ने कार्यमा सघाउ पुर्याउन संचार माध्यमहरूलाई क्रियाशील
तुल्याउने ।
१.४ राष्ट्रिय सम्पदाहरूको संरक्षण र राष्ट्रिय चिनारी एवं महत्वका
विभिन्न पक्षको जगर्ेना तथा सर्म्वर्द्धन गर्न जनचेतना जाग्रत गरी
राष्ट्रको चौतर्फी विकास कार्यमा जनसहभागिता, अन्तर्रर्ााट्रय सहयोग
एवं सद्भावना जुटाउन सूचना एवं संचार क्षेत्रलाई सक्रिय बनाउने ।
२ नीति
२.१ पत्रपत्रिका सम्बन्धी नीति
२.१.१ संविधानद्वारा प्रत्याभूत जनताको विचार र अभिव्यक्तिको स्वतन्त्रता
तथा सुसूचित हुन पाउने हकलाई उपभोग गर्न नेपाली नागरिकले कुनै पनि
भाषामा पत्रपत्रिका प्रकाशन गर्न पाउने ।
२.१.२ पत्रपत्रिकाको संस्थागत विकास गर्न पत्रपत्रिका व्यवसायलाई
उद्योगको रूपमा मान्यता दिने ।
२.१.३ पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, मार्यादित र उत्तरदायित्वपर्ूण्ा
तुल्याउँदै प्रतिस्पर्धात्पमक रूपमा निजी क्षेत्रको पत्रकारिताको
विकास गरी आर्धिक एवं भौतिक रूपले आत्मनर्भिर हुने वातावरण सृजना
गर्ने ।
२.१.४ पत्रपत्रिकाको वितरण स्थिति र नियमितताको आधारमा वर्गीकरण
गरी न्युजप्रिन्ट र अन्य सामग्रीहरू सुपथ र सुलभ तरीकाले उपलब्ध
गराउने ।
२.१.५ सरकारी सूचना र र्सार्वजनिक सेवाका विज्ञापनहरू श्री ५ को
सरकारले निजी क्षेत्रका पत्रपत्रिकालाई समेत वितरण स्थिति, स्तरीयता
र नियमितताको आधारमा वगीकरण गरी उपलब्ध गराउने ।
२.१.६ सरकारी एवं अर्ध सरकारी क्षेत्रका उद्योग व्यवसायबाट निजी
क्षेत्रका पत्रपत्रिकालाई वर्गीकरणको आधारमा विज्ञापन उपलब्ध हुन
सक्ने वातावरण सिर्जना गर्ने ।
२.१.७ कानुन अर्न्तर्गत रही निर्वाध समाचार संकलन गर्न पाउने अधिकार
पत्रपत्रिकालाई प्रदान गर्ने ।
२.१.८ पत्रपत्रिका ढुवानी लगायत समाचारको आदान प्रदानमा सहुलियत
उपलब्ध गराउने ।
२.१.९ निश्चित आधारमा पत्रपत्रिकाहरूलाई प्रेस राख्न सहुलियत व्याज
दरमा ऋण उपलब्ध गराउन प्रयास गर्ने ।
२.१.१० मासिक द्वैमासिक र त्रैमासिक रूपमा प्रकाशित भइरहेका साहित्यिक
तथा विषयगत पत्रपत्रिकाहरूलाई पनि अन्य पत्रपत्रिकाहरू सरह वर्गीकरणको
आधारमा विज्ञापन एवं अन्य सहुलियतहरू प्रदान गर्ने ।
२.१.११ उद्योग सरह मान्यता प्राप्त प्रकाशन संस्थामा काम गर्ने श्रमजीवी
पत्रकारहरूको हक, हित र अधिकारो संरक्षण गर्ने संवंधी ऐन तर्जुमा
गरी यस पेशालाई सुरक्षा प्रदान गर्ने ।
२.१.१२ अश्लील, उत्तेजक र समाजमा विकृति फैलाउने खालका पत्रपत्रिकाहरूको
प्रकाशन, आयात एवं विक्री वितरणमा रोक लगाउने ।
२.२ प्रसारण सम्बन्धी
नीति
२.२.१ प्रसारण सम्बन्धी छुट्टै ऐन तर्जुमा गरी रेडियो तथा टेलिभिजन
प्रसारणलाई व्यवस्थित गर्ने ।
२.२.२ स्याटेलाइट एवं केबुल टेलिभिजन सम्बन्धी ऐन, नियमहरूको तर्जुमा
गरी यसलाई नियमित र व्यवस्थित गराउने ।
२.२.३ सरकारी स्वमित्वमा संचालित प्रसारण संस्थाहरूबाट प्रसारण गरिने
कार्यक्रमहरू राष्ट्रिय सेवा र व्यापारिक सेवा गरी दर्ुइ सेवामा
संचालन गर्ने ।
२.२.४ क्षेत्रीय प्रसारणको अवधारणा लिई क्रमिक रूपले विभिन्न राष्ट्रिय
भाषाहरूमा कार्यक्रम प्रसारण गर्ने ।
२.२.५ रेडियो र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरूको उत्पादनमा
निजी क्षेत्रको सहभागिता बढाउँदै लैजाने ।
२.२.६ शिक्षाप्रद एवं मनोरंजतात्मक कार्यक्रमहरूको प्रसारण रेडियो
र टेलिभिजनबाट गर्न चाहेमा निश्चित मापदण्डको आधारमा निजी क्षेत्रलाई
प्रसारण समय उपलब्ध गराउन सक्ने ।
२.२.७ राष्ट्रिय हितको प्रतिकूल नहुने गरी निश्चित शर्त र प्रक्रियाहरूका
आधारमा विदेशी संचार माध्यमहरूले कार्यक्रम प्रसारण गर्न चाहेमा
शिक्षाप्रद र मनोरंजनात्मक कार्यक्रम प्रसारण गर्न समय उपलब्ध गराउन
सक्ने ।
२.२.८ प्रसारण ऐन अर्न्तर्गत गरी निजी क्षेत्रका संगठित संस्थालाई
पनि निश्चित क्षेत्रमा प्रिmक्वेन्सी मोडुलेसन -एफ.एम.) प्रसारण
प्रणाली स्थापना गरी शिक्षाप्रद र मनोरंजनात्मक कार्यक्र प्रसार
गर्न दिने ।
२.२.९ नेपाल टेलिभिजन र रेडियो नेपालको प्रसारण विस्तारका लागि सहयोग
उपलब्ध गराउने ।
२.३ सूचना सम्बन्धी
नीति
२.३.१ संविधानद्वारा प्रत्याभूत जनताको सुसूचित हुन पाउने अधिकारको
संरक्षण गर्न श्री ५ को सरकारले प्रचलित कानुनले निषेध गरका कुराहरू
बाहेक सबै किसिमका सूचनाहरू संचार माध्यमलाई उपलब्ध गराउने ।
२.३.२ संचार माध्यमहरूलाई सूचना उपलब्ध गराउँदा सरकारी तथा निजी
क्षेत्रमा रहेका स्वदेशी संचार माध्यमलाई प्राथमिकता दिने ।
२.३.३ श्री ५ को सरकारका विभिन्न मन्त्रालयमा रहेका प्रवक्ताहरूलाई
सूचना प्रसार गर्ने कार्यमा प्रभावकारी तुल्याई नियमित रूपमा सूचना
उपलब्ध गराउने व्यवसथा मिलाउने ।
२.४ सरकारी क्षेत्रमा रहेका संचार माध्यमहरूको
समाचार सम्बन्धी नीति
२.४.१ पदीय मर्यादालाई मात्र आधार नबनाई समाचारसँग सम्बन्धित विषयगत
महत्वका राष्ट्रिय एवं अन्तर्रर्ााट्रय घटनाप्रधान समाचारहरूको प्रकाशन
एवं प्रसारणमा प्राथमिकता दिने ।
२.४.२ निष्पक्ष, वस्तुगत एवं विश्वसनीय समाचारहरूको संकलन, प्रकाशन
र प्रसारण गर्नाका साथै महत्वपर्ूण्ा ग्रामीण विकास सम्न्धी समाचारहरूलाई
उपयुक्त स्थान दिने ।
२.४.३ धार्मिक असहिष्णुतालाई बढावा दिने तथा धर्म, वर्ग, लिंग, जाति,
समुदाय आदिमा आपसी बैमनस्य बढाउने र उत्तेजित भावना जगाउने खालका
समाचारलाई प्रश्रय नदिने ।
२.५ हुलाक सम्बन्धी
नीति
२.५.१ हुलाक सेवालाई छिटो, भरपर्दो र प्रभावकारी बनाई जिल्लाका प्रत्येक
इलाकामा इलाका हुलाक र हरेक गाउँ विकास समितिमा अतिरिक्त हुलाक स्थापना
गरी गाउँ स्तरसम्म हुलाक सेवा उपलब्ध गराउने ।
२.५.२ हुलाक बस्तुहरू ढुवानीमा नियमितता ल्याउन यातायात व्यवसायीहरू
र सम्बन्धित निकायबाट प्राथमिकता दिलाउने ।
२.५.३ आन्तरिक एवं वाहृय द्रुत डाक सेवा ९भ्हउचभकक ःबष् क्िभचखष्अभ०
लाई प्रभावकारी रूपमा संचालन गर्ने ।
२.५.४ हुलाक सेवाद्वारा गर्ने प्रकृतिका कार्यहरूमा संलग्न निजी
क्षेत्रका संस्थाहरूलाई नियमित र व्यवस्थित गर्ने ।
२.५.५ नेपालको कला, संस्कृति, राष्ट्रियता झल्किने एवं भौगोलिक वैशिष्ट्य,
जैविक विविधता, ऐतिहासिक महत्वका घटना र कार्य तथा राष्ट्रिय स्तरका
ठूला निर्माण कार्यहरू सम्बन्धी हुलाक टिकटहरूको प्रकाशन गरी यी
कुराहरूलाई जीवन्त राख्ने ।
२.६ चलचित्र सम्बन्धी
नीति
२.६.१ नेपाली चलचित्र उद्योगको समुचित विकासका लागि चलचित्र निर्माण,
पर््रदर्शन र वितरण तीनै क्षेत्रमा संलग्न उद्यमीहरूलाई लगानीका
नयाँ सम्भावनाहरू खेल्न प्रोत्साहन दिने ।
२.६.२ नेपाली चलचित्रको निर्माण एवं प्रशोधन कार्य स्वदेशमै हुनसक्ने
स्थितिको सृजना गरी चलचित्र उद्योगमा संलग्न कालाकार एवं प्राविधिक
जनशक्तिले आवश्यक प्रशिक्षण तथा प्रोत्साहन पाउन सक्ने वातावरण तयार
गर्ने ।
२.६.३ राष्ट्रभाषा नेपाली र नेपालका राष्ट्रिय भाषामा निर्माण गरिने
चलचित्रहरूको निर्माण एवं पर््रदर्शन क्षेत्रमा संलग्न सबै पक्षलाई
विशेष प्रोत्साहन दिने ।
२.६.४ नेपाली कला, संस्कृति एवं गीत र संगीतको उत्थान हुने र यस
क्षेत्रमा संलग्न कालाकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुने
किसिमको वातावरण सिर्जना गर्ने ।
२.६.५ चलचित्र जाँच समितिको जिम्मेवारी एवं आधारहरू किटान गरी नेपाल
अधिराज्यमा पर््रदर्शन गरिने सबै प्रकारका चलचित्रहरूको जाँच -सेन्सर)
गर्ने ।
२.६.६ नेपालमा खिचेर बाहृय मुलुकमा पर््रदर्शन गरिने चलचित्रहरूको
पनि निश्चित आधार बनाई जाँच -सेन्सर) गर्ने व्यवस्था गर्ने ।
२.७ दूरसंचार सम्बन्धी
नीति
२.७.१ राष्ट्रिय विकासको पर्ूवाधारको रपमा दूरसंचार सेवाको विकास
गर्न यस सेवालाई अत्यावश्यक सेवाको रपमा विकसित एवं विस्तार गर्दै
जाने ।
२.७.२ दूरसंचार सेवाको विकास र संचालनमा निजी क्षेत्रलाई पनि प्रोत्साहित
एवं संलग्न गराउँदै जाने ।
२.७.३ दूरसंचार सेवाको प्रयोजनका लागि नेपाल अधिराज्यलाई अति दर्ुगम,
दर्ुगम र सुगम गरी तीन क्षेत्रमा विभाजन गरी अति दर्ुगम र दर्ुगम
क्षेत्रमा सरदर ६ घण्टाभन्दा बढी पैदल यात्रा गर्नु नपर्ने दूरीमा
उपयुक्त दूरसंचार प्रणाली स्थापना गर्ने ।
२.७.४ आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्वाध संचार सेवा उपलब्ध
गराउन उपयुक्त अत्याधुनिक संचार प्रविधिको प्रयोग गर्दै जाने ।
२.७.५ अत्याधुनिक संचार उपकरणको उत्पादन तथा जडान स्वदेशमै गर्न
निजी क्षेत्रलाई प्रोत्साहन दिने ।
२.८ विभागहरूको व्यवस्थापन
सम्बन्धी नीति
२.८.१ हुलाक सेवालाई अत्याधुनिक प्रविधियुक्त एवं भौतिक सुविधा उपलब्ध
गर्राई यस सेवाको सुदृढीकरण गर्न हुलाक सेवा विभागलाई स्वशासित प्रकृतिको
प्रशासनिक संरचनाको रूपमा विकसित गर्ने ।
२.८.२ मुद्रण तथा प्रकाशन विभाग लाई मुद्रण विभाग नामकरण गरी मूलतः
गोृपनीयता कायम राख्नु पर्ने प्रकाशनहरू र सुरक्षण मुद्रणका सामग्रीहरू
मुद्रण गर्ने सुरक्षण छापाखानाको रूपमा मुद्रण विभागको छापाखानालाई
विकास, विस्तार र सुदृढ गर्ने ।
२.८.३ सुरक्षण मुद्रणका रूपमा विकसित गरिने श्री ५ को सरकारको छापाखाना
बाहेक श्री ५ को सरकारले व्यावसायिक रूपमा अन्य छापाखानाहरू संचालन
नगर्ने ।
२.८.४ प्रेस सूचना विभागलाई सूचना विभाग नामकरण गरी सूचना सेवालाई
सशक्त तुल्याउनाका साथै मर्यादित एवं संस्थागत पत्रपत्रिकाको विकासमा
उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने विभागको रूपमा संचालन गर्ने
।
२.८.५ प्रभावकारी सूचना प्रवाहका लागि संचार केन्द्रहरूको स्थापना
गरी संचार माध्यमहरूलाई सेवा उपलब्ध गराउने ।
२.९ संस्थानहरूको
व्यवस्थापन सम्बन्धी नीति
२.९.१ शाही नेपाल चलचित्र संस्थानलाई "नेपाल चलचित्र विकास
संस्थान" नामकरण गरी नेपाली चलचित्र उद्योगको विकासमा योगदान
पुर्याउने संस्थानको रूपमा संचालन गर्ने र निजीकरण गर्ने सिलसिलामा
यसका सेयरहरू निजी क्षेत्रमा प्रवाहित गर्ने ।
२.९.२ राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानको संचालनमा सरकारी
स्वामित्वको अन्त्य गर्दै लैजाने उद्देश्यले कुनै एक व्यक्तिले एकमुष्ट
-ब्लक) सेयर खरिद गर्न नसक्ने गरी निजी क्षेत्रमा सेयर प्रवाहित
गर्न तदनुकूल व्यवस्थापन प्रणालीमा परिवर्तन गर्ने ।
२.९.३ नेपाल दूरसंचार संस्थानको व्यवस्थापनलाई स्वायत्तता प्रदान
गर्ने र निजी क्षेत्र समेतको सहभागितामा यसको विस्तार गर्ने ।
२.९.४ रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशासकीय संरचनालाई नेपाल
राष्ट्रिय प्राधिकरणका रूपमा विकसित गर्ने ।
२.९.५ रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वमित्वमा रहेका
संस्थानहरूको व्यवस्थापनलाई स्वायत्त रूपमा विकसित गर्ने ।
२.९.६ सरकारी स्वामित्वमा रहेका संस्थानहरूको संचालक समितिमा सरकारी
कर्मचारीहरूको पदेन प्रतिनिधित्व कम गराउने र पेशागत एवं व्यवस्थापन
क्षमता भएका व्यक्तिहरू राख्ने ।
३. सूचना तथा संचार मन्त्रालय
३.१ मन्त्रालयका प्रमुख कार्यहरू
३.१.१ राष्ट्रिय संचार नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने
गराउने ।
३.१.२ संचार सम्बन्धी निकायहरूमा समन्वय स्थापित गरी ती निकायहरूलाई
प्रभावकारी रूपमा संचालन गर्ने ।
३.१.३ नेपाल अधिराज्यको र्सवाङ्गीण विकासका लागि आधुनिक संचार सेवा
छिटो छरितो र सुलभ रूपमा आमजनतासम्म पुर्याउन हुलाक सेवा लगायतका
संचार निकायहरूलाई सक्षम बनाउने ।
३.१.४ अन्तराष्ट्रिय सहयोग, सद्भावना र समझदारी सर्म्वर्द्धनका निम्ति
संचार माध्यमलाई सक्रिय तुल्याउने ।
३.१.५ संचार क्षेत्रसँग सम्बन्धित अन्तर्रर्ााट्रय संस्थाहरूबाट
नेपाललाई लाभान्वित गराउन ती संस्थाहरूसँग सर्म्पर्क, सहयोग र समझदारी
बढाउने ।
३.१.६ नेपाली कला, संस्कृति र राष्ट्रियता झल्किने किसिमका गीत तथा
संगीतको विकास तथा प्रसार गराउने ।
३.१.७ चलचित्र निर्माण, पर््रदर्शन तथा वितरण सम्बन्धी ऐन, नियमको
तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने र स्वदेशमा उपलब्ध चलचित्रसम्बन्धी
सुविधाहरू प्रयोग गर्न प्रोत्साहन गर्ने गराउने ।
३.१.८ चलचित्र जाँच समितिको जिम्मेवारी एवं आधारहरू किटान गरी नेपाल
अधिराज्यमा पर््रदशन गरिने सबै प्रकारका चलचित्रहरू र नेपालमा खिचेर
बाहिर पर््रदशन गरिने चलचित्रहरूको पनि निश्चित आधार बनाई जाँच -सेन्सर)
गर्ने गराउने ।
३.१.९ विदेशी चलचित्रहरूको आयातलाई नियमित एवं व्यवस्थित गराउने
।
३.१.१० प्रिmक्वेन्सी वितरण, व्यवस्थापन र प्रयोग सम्बन्धमा ऐन नियमको
तर्जुमा तथा कार्यान्वयन गरी फ्रिक्वेन्सीको केन्द्रीय अभिलेख राख्ने
र अनुगमन (मनिटरिङ) कार्य गर्ने ।
३.१.११ प्रसारण सम्बन्धी छुट्टै ऐनको तर्जुमा गरी कार्यान्वयन गर्ने
गराउने ।
३.१.१२ स्याटेलाइट एवं केबुल टेलिभिजन सम्बन्धी ऐन नियमको तर्जुमा
एवं कार्यन्वयन गर्ने गराउने ।
३.१.१३ मुद्रण सम्बन्धी कार्यहरू स्वदेशी मुद्रण उद्योगबाटै मुद्रित
गर्न प्रोत्साहन दिई स्वदेशी मुद्रण उद्योगको पर््रवर्द्धन गर्ने
।
३.१.१४ स्वस्थ र मर्यादित पत्रकारिताको विकासको लागि प्रेस काउन्सिललाई
अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा विकसित
गर्ने ।
३.१.१५ संचार प्रतिष्ठानहरूको सुरक्षा व्यवस्था सम्बन्धी नीति नियमहरू
तर्जुमा गरी कार्यन्वयन गर्ने गराउने ।
४.निकायगत उद्देश्य र नीतिहरू
४.१ हुलाक सेवा विभाग
क. उद्देश्य
१. र्सवसाधारण जनतालाई सुलभ, छिटो, भरपर्दाे र प्रभावकारी हुलाक
सेवा उपलब्ध गराउने ।
२. छिटो सजिलो तरीकाबाट धनादेश र बचत बैंक सेवा जस्ता आर्थिक सेवाहरू
प्रदान गर्ने ।
ख. नीति
१. जिल्लाका प्रत्येक इलाकामा इलाका हुलाक र प्रत्येक गा.वि.स.मा
अतिरिक्त हुलाक स्थापना गरी गाउँ स्तरसम्म हुलाक सेवा उपलब्ध गराउने
।
२. आन्तरिक द्रुत डाँक सेवा विस्तार गर्ने र अन्तर्रर्ााट्रय स्तरमा
पनि द्रुत डाँक सेवा र्-इ.एम.एस) प्रारम्भ गर्ने ।
३. हुलाकद्वारा सञ्चालन गरिने विभिन्न आर्थिक सेवाहरूलाई सुलभ, छिटो
एवं भरपर्दो बनाउने र मूल्यदेय (Cash on Delivery) लगायतका अन्य
विभिन्न किसिमका सेवाहरू पनि लागु गर्दै जाने ।
४. इलाका हुलाकसम्म धनादेश र बचत बैंक सेवा लागू गर्ने ।
५. हुलाक वस्तुहरू वितरण (डेलिभरी) गर्ने समय निश्चित गरी ग्रामीण
तथा शहरी क्षेत्रका दुर्गम तथा सुगम स्थानहरूमा निर्धारित समयभित्रै
हुलाक वस्तुहरू पुर्याउने ।
६. हुलाक अपराध रोकथाम गर्न निरीक्षण प्रक्रियालाई प्रभावकारी बनाई
सेवाको गुणस्तरमा वृद्धि गर्ने ।
७. हुलाक व्यवस्थालाई सक्षम र प्रभावकारी बनाउन हुलाक समूहलाई आवर्ष
र व्यवस्थित गराउँदै समूह संचालनमा आर्थिक र प्रशासनिक प्रक्रियालाई
व्यावहारिक एवं सरल बनाउने ।
८. हुलाक सेवालाई आवश्यक पर्ने सबै प्रकारका दक्ष जनशक्ति तयार पार्ने
।
९. हुलाक सेवाले गर्ने प्रकृतिका कार्यहरू आवश्यकतानुसार निजी क्षेत्रलाई
गर्न दिने र त्यसलाई नियमित र व्यवस्थित गर्ने ।
१०. हुलाक सेवामा निजी क्षेत्रको सहभागिता क्रमशः जुटाउदैँ जाने
।
११. हुलाक सेवालाई सुलभ, सक्षम, भरपर्दाे र प्रभावकरी बनाउन गुरु
योजना तयार गर्ने ।
४.२ मुद्रण विभाग
क. उदेश्य
१. श्री ५ को सरकारको लागि आवश्यक सामग्रीहरू मुद्रण गर्ने ।
२. श्री ५ को सरकारको महत्वपर्ूण्ा मुद्रण कार्यका लागि यस विभागको
छापाखानालाई क्रमशः सुरक्षण छापाखानाका रूपमा विकास, विस्तार र सुदृढ
गर्दै लैजाने ।
ख. नीति
१. मूलतः गोपनीयता कायम राख्नु पर्ने प्रकाशनहरू र हुलाक टिकट, हवाईपत्र,
बैंक चेक, राहदानी, प्रवेश आज्ञा, हवाई टिकट तथा राजश्व रसीद जस्ता
सुरक्षण मुद्रणका सामाग्रीहरू मुद्रण गर्ने सुरक्षण छापाखानाको रूपमा
मुद्रण विभागको छापाखानालाई विकास गर्ने ।
२. श्री ५ सरकारका सबै निकायहरूलाई मुद्रण सेवा उपलव्ध गराउने ।
३. छापाखानाको समयानुकूल सुधार गरी आर्थिक आत्मनिर्भरता हासिल गर्नेतर्फक्रियाशील
रहने ।
४. श्री ५ को सरकारले आवश्यक महसूस गरेका समसामयिक विषयहरू सम्बन्धी
सामग्रीहरू प्रकाशन गर्ने ।
५. आधुनिक मुद्रण यन्त्रहरू स्थापना गरी स्तरीय मुद्रण सेवा सञ्चालन
गर्ने ।
६. मुद्रण सेवा संचालन तथा स्याहार सम्भारका लागि आवश्यक तालीमको
व्यवस्था गर्ने ।
७. लेटर प्रेसलाई क्रमशः हटाउँदै लगी अफसेट प्रविधिको प्रेस बढाउदैं
लग्ने ।
४.३ सूचना विभाग
क. उद्देश्य
१. स्वस्थ र मर्यादित तथा संस्थागत प्रत्रकारिताको विकासका लागि
प्रेस जगतलाई आवश्यक सूचना एवं अन्य सहयोग उपलब्ध गराउने ।
२. श्री ५ को सरकारद्वारा प्रतिपादित नीति, योजना, कार्यक्रम तथा
हासिल गरेका उपलब्धिहरू बारे पत्रत्रिका एवं प्रकाशनका विविध साधनका
माध्यमबाट समेत र्सवसाधारणलाई जानकारी गराउने ।
ख. नीति
१. नेपाल अधिराज्यको संविधान, २०४७ मा व्यवस्था भए अनुसार नागरिकको
मौलिक अधिकार, वैचारिक स्वतन्त्रता र मानव अधिकारको संरक्षणको लागि
आमजनतालाई सुसूचित गर्न समाचार संकलन गर्न पाउने प्रेस जगतको अधिकारको
संरक्षण गर्ने तथा सामाजिक जीवन पद्धतिलाई विकसित गर्ने कार्यमा
पत्रकारिता जगतलाई प्रोत्साहित गर्ने ।
२. पत्रपत्रिका जगतको लागि उपयोगी हुनसक्ने सामग्रीहरूको संकलन तथा
प्रयोगको समुचित व्यवस्था गर्ने ।
३. नेपाल अधिराज्यबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको अद्यावधिक
विवरणको अभिलेख आधुनिक र बैज्ञानिक ढंगले राख्ने ।
४. वाचनालयको स्थापना एवं संचालनका लागि प्रोत्साहन दिई यथाशक्य
सहयोग उपलब्ध गराउने ।
५. श्री ५ को सरकार तथा विभिन्न मन्त्रालयका प्रवक्ता र प्रेस बीच
सर्म्पर्क कायम गराउन संयोजकको रूपमा काम गर्ने ।
६. श्री ५ को सरकारको औपचारिक फोटोग्राफरको रूपमा कार्य गर्ने र
फोटोग्राफीको अद्यावधिक अभिलेख राखी फोटोग्राफी तथा व्लक निर्माण
सम्बन्धी कामलाई समयानुकूल आधुनिक प्रविधिबाट साधन सम्पन्न गर्देै
जाने ।
७. सूचना प्रवाहका लागि देशका उपयुक्त स्थानहरूमा क्रमशः आधुनिक
संचार उपकरणहरू सम्पन्न संचार केन्द्रहरू स्थापना गरी सहुलियत दरमा
संचार माध्यमहरूलाई सेवा उपलब्ध गराउने ।
८. सूचना विभागमा राष्ट्रिय सूचना केन्द्रको रूपमा काम गर्ने एकाई
स्थापना गर्ने ।
९. नेपाल अधिराज्यका विभिन्न भागमा संचालित विकास आयोजना र र्सार्वजनिक
महत्वको घटनाबारे जानकारी गराउने तथा स्वदेश तथा विदेशमा भएका निश्चित
घटना र विषयमा विषेश अध्ययन गराउन आवश्यकतानुसार पत्रकारहरूको अध्ययन
भ्रमणको व्यवस्था मिलाउने ।
१०. स्वदेशी तथा विदेशी संचार माध्यमका प्रतिनिधिहरूलाई प्रेस प्रतिनिधि
प्रमाणपत्र तथा परिचयपत्र प्रदान गर्ने र नवीकरण गर्ने ।
११. निजी क्षेत्रका पत्रपत्रिकालाई सरकारी कार्यालयहरूको विज्ञापन
उपलब्ध गराउन सम्बन्धित निकायसँग सर्म्पर्क राखी विज्ञापन वितरणका
लागि आवश्यक व्यवस्था मिलाउने ।
१२. राष्ट्रिय हितलाई दृष्टिगत गरी समयसमयमा विदेशका ख्यात्रि्राप्त
र महत्वपर्ूण्ा पत्रकारलाई निम्त्याई आतिथ्य गर्ने ।
१३. सरकारको ध्यानाकर्षा गराउनु पर्ने कतिपय समाचारबारे सम्बन्धित
मन्त्रालयहरू र सरकारी निकायहरलाई प्रेस सूचना सेवाका माध्यमबाट
समेत सूचना गर्ने ।
१४. निजी क्षेत्रका पत्रपत्रिकालाई आवश्यक पर्ने न्यूजप्रिन्ट सुलभ
तरिकाले उपलब्ध गराउन पत्रपत्रिकाले आयातको लागि माग गरेमा सहयोग
पुर्याउने ।
१५. विदेशीहरूलाई नेपाल बारे चिनारी गराउने पुस्तिकाहरू प्रकाशनको
व्यवस्था गर्ने ।
४.४ राष्ट्रिय प्रसारण
प्राधिकरण (रेडियो नेपाल)
क. उद्देश्य
१. आमजनतालाई राष्ट्रिय तथा अन्तर्रर्ााट्रय स्तरमा भएका महत्वपर्ूण्ा
गतिविधिहरूका सम्बन्धमा जानकारी गराउन समाचार, सूचना, शिक्षा र मनोरञ्जनात्मक
कार्यक्रम प्रसारण गर्ने ।
२. मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, धार्मिक एवं
कला सम्बन्धी र राष्ट्रिय चिनारीका विभिन्न पक्षको जगर्ेना तथा सर्म्वर्द्धन
गर्ने काममा सघाउ पुर्याउने सामग्रीहरू प्रसारण गरी तिनीहरूको उत्थान
एवं विकासमा सहयोग पुर्याउने ।
३. मुलुकको विभिन्न क्षेत्र, भाषा, जाति, सम्प्रदाय र वर्गबीच भावनात्मक
एकता अभिवृद्धि गर्ने खालका सामग्री प्रसार गर्ने ।
ख. नीति
१. रेडियो नेपाललाई स्वायत्त संस्थाका रूपमा विकसित गरी जनताको सुसूचित
हुने अधिकारलाई रेडियो प्रसारणको माध्यमबाट संरक्षण गर्दै कृषि,
शिक्षा, स्वास्थ्य, परिवार नियोजन, विज्ञान प्रविधि तथा वातावरण
संरक्षण जस्ता विकासमूलक एवं शिक्षामूलक सूचनाहरू जनतासमक्ष पुर्याउने
।
२. धूमपान एवं मदिरा जस्ता स्वास्थ्यलाई हानिकारक पदार्थको विज्ञापन
प्रसारणलाई निरुत्साहन गर्ने ।
३. लोक गीत एवं लोक संस्कृतिको पर््रवर्द्धन गरी विभिन्न प्रकारका
स्वस्थ मनोरञ्जन प्रदान गर्न निजी क्षेत्रको समेत सअभागितामा विभिन्न
सामग्रीहरू तयार पार्ने र उपयुक्त सापग्रीहरू प्रसारण गर्ने ।
४. कार्यक्रम उत्पादनका क्षेत्रमा निजी क्षेत्रलाई पनि संलग्न गराउँदै
जाने ।
५. राष्ट्रिय चेतना एवं नैतिक जागरण अभिवृद्धि गर्ने खालका सामग्रीहरू
प्रसारण गरी नैतिक, चारित्रिक, धार्मिक एवं आध्यात्मिक भावनालाई
प्रोत्साहित गर्ने ।
६. रेडियो नेपालले राष्ट्रिय सेवा र व्यापारिक सेवा गरी प्रसारण
गर्ने र व्यापारिक सेवामा क्रमशः निजी क्षेत्रको समेत सहभागीता बर्ढाई
यस सेवालाई आर्थिक रूपले आत्मनिर्भर बनाउने।
७. रेडियो नेपालको प्रसारणलाई २ च्यानलमा प्रसारण गर्ने ।
८. राष्ट्रले अवलम्वन गरेको परराष्ट्र नीतिलाई टेवा पुग्ने खालका
सामग्री प्रसार गर्ने ।
९. आफ्नो छुट्टै आधुनिक समाचार संकलन, सम्पादन र प्रसारण प्रणालीको
विकास गरी निस्पक्ष, दक्ष, एवं व्यावसायिक ढंगले समाचार सेवाको सञ्चालन
गर्ने ।
१०. क्षेत्रीय प्रसारण प्रारम्भ गरी क्रमिक रूपले विभिन्न राष्ट्रिय
भाषाहरूमा प्रसारण गर्ने ।
११. अधिराज्यभरी रेडियो नेपाल स्पष्टसँग सुन्न सकिने गरी मिडियम
वेभ स्टेशनहरू -फिल इन स्टेशन) क्रमशः स्थापना तथा विस्तार गर्दै
जाने ।
१२. रेडियो कार्यक्रम उत्पादन, सम्पादन, प्रसारण र मर्मत सम्भारका
लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने ।
१३. समय समयमा श्रोतर्-र्सवेक्षण गर्ने र तदनुकूल रेडियो कार्यक्रमहरूमा
सुधार गर्ने ।
४.५ राष्ट्रिय प्रसारण
प्राधिकरण (नेपाल टेलिभिजन )
क. उद्देश्य
१. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका महत्वपर्ूण्ा गतिविधिहरूका
सम्वन्धमा र्सवसाधारण जनतालाई जानकारी गराउन समाचार, सूचना, शिक्षा
र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्ने ।
२. मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, धार्मिक एवं
कला सम्बन्धी र राष्ट्रिय चिनारीका विभिन्न पक्षको जर्गर्ना तथा
सर्म्बर्द्धन गर्ने काममा सघाउ पुर्याउने किसिमका रोचक, मनोरञ्जनपर्ूण्ा
र प्रभावकारी कार्यक्रमहरूको प्रसारणद्वारा जानकारी प्रदान गर्ने
।
ख. नीति
१. नेपाल टेलिभिजनलाई स्वायत संस्थाको रूपमा विकसित गर्दै व्यावसायिक
दक्षता अभिवृद्धि गर्ने ।
२. जनताको सुसूचित हुने अधिकारलाई टेलिभिजन प्रसारणको माध्यमबाट
संरक्षण गर्दै कृषि, शिक्षा, स्वास्थ्य, परिवार नियोजन, विज्ञान
प्रविधि तथा वातावरण संरक्षण जस्ता विकासमूलक एवं शिक्षाप्रद सूचनाहरू
जनतासमक्ष पुर्याउने ।
३. धूमपान एवं मदिरा जस्ता स्वास्थ्यका हानिकारक पदार्थहरूको विज्ञापन
प्रसारणलाई निरुत्साहन गर्ने ।
४. राष्ट्रिय हित र एकताको अभिवृद्धि गराउने दृष्टिकोण लिई मुलुकका
विभिन्न आर्थिक, सामाजिक एवं सांस्कृतिक पक्षहरूबारे परिचित गराउने
कार्यक्रमहरू प्रसार गर्ने ।
५. राष्ट्रले अबलम्बन गरेको परराष्ट्र नीतिलाई टेवा पुर्याउने र
सामाजिक, सांस्कृतिक एवं राष्ट्रिय एकताको महत्वबोध गराउने विषय
प्रसार गर्ने ।
६. निस्पक्ष, दक्ष एवं व्यावसायिक ढंङ्गले समाचार सेवाको संचालन
गरी प्रसारणको व्यावसायिक विश्वसनीयतामा वृद्धि गर्नर्े ।
७. समय समयमा दर्शक एवं श्रोता र्सवेक्षण गरी सुधारात्मक कदमहर चाल्ने
।
८. कार्यक्रम उत्पादनका क्षेत्रमा निजी क्षेत्रलाई पनि संलग्न गराउँदै
जाने ।
९. निजी क्षेत्रद्धारा उत्पादित स्तरीय कार्यक्रमहरू खरीद गरी प्रसारण
गर्ने ।
१०. समाचारको संकलन प्रणालीलाई सुदृढ एवं व्यापक बनाउन आफ्नै समाचार
स्रोत विकसित गर्दै जाने ।
११. नेपाल टेलिभिजनको प्रसारणलाई राष्ट्रव्यापी एवं व्यापक बनाउन
आवश्यक भौतिक पर्ूवाधारहरू तयार गर्दै लैजानका लागि आवश्यक ठाँउहरूमा
प्रसार केन्द्रहरू स्थापना गर्दै जाने ।
१२. कार्यक्रमहरूलाई स्तरीय एवं प्रभावकारी तुल्याउन दक्ष, योग्य
र तालीम प्राप्त जनशक्तिको व्यवस्था गर्ने ।
१३. रोचक, ज्ञानवर्द्धक र मनोरञ्जनपर्ूण्ा स्तरीय कार्यक्रमहरूको
निस्पक्ष प्रसारण जोड दिने ।
१४. टेलिभिजन प्रसारणका निम्ति प्रयोग गरिने यन्त्र तथा औजारहरूको
स्तरीयता कायम गर्ने ।
१५. शैक्षिक कार्यक्रमको प्रसारणलाई प्राथमिकता दिने ।
४.६ नेपाल दूरसञ्चार
संस्थान
क. उद्देश्य
१. जनसाधारणलाई दूरसंचार सेवा उपलब्ध गराउन र नेपालको आर्थिक सामाजिक
र विकास कार्यहरूमा यथासक्य सहयोग पुर्याउन नेपाल अधिराज्यभित्र
र अन्तराष्ट्रिय क्षेत्रमा समेत आवश्यकता अनुरूप दूरसंचार सेवाहरू
सुलभ, सरल तथा सुनियोजित रूपबाट विकास गर्दै जाने ।
२. दूरसंचार सेवालाई राष्ट्रिय विकासको पर्ूवाधारको रूपमा विकसित
गर्ने ।
ख. नीति
१. नेपाल दूरसंचार संस्थालाई स्वायत्त संस्थाको रूपमा विकसित गर्दै
लैजाने ।
२. आवश्यकताअनुसार दूरसंचारका क्षेत्रको विकास र संचालनमा निजी क्षेत्रलाई
पनि प्रेात्साहन एवं संलग्न गराउँदै जाने ।
३. दूरसंचार संस्थाले प्रदान गर्दर्ै आएको विद्यमान तथा नयाँ सञ्चालन
हुने सेवाहरूमा आवश्यकतानुसार क्रमिक रूपमा उदार नीति अपनाउँदै जाने
।
४. राष्ट्रिय तथा अन्तराष्ट्रिय दूरसंचार सेवालाई निर्बाध र भरपर्दाे
बनाउन समयानुकूल आधुनिक प्रविधिहरूको प्रयोग गरी सेवा सञ्चालन र
विस्तार गर्दै जाने ।
५. दूरसंचार सेवालाई अत्यावश्यक सेवाको रूपमा विकसित एवं बिस्तार
गर्दै जाने ।
६. नेपाल अधिराज्यका जिल्ला सदरमुकाम, इलाका तथा गाउँ विकास समितिका
साथै कृषि क्षेत्र, उद्योग व्यवसाय, व्यापारिक केन्द्रहरू र राष्ट्रिय
दृष्टिकोणबाट महत्वपर्ूण्ा स्थानहरूमा दूरसंचार सेवाहरूको विकास
र विस्तार गर्ने ।
७. दूरसंचार सेवाहरूको विकास र विस्तार गर्दा क्षेत्रीय सन्तुलनका
साथै माग र आवश्यकता हेरी स्थापना गर्दै जाने ।
८. विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको भावी कार्यक्रम र आवश्यकता
अनुरूप दूरसंंचार सेवामा अभिवृद्धि गर्दै जाने ।
९. दक्ष जनशक्तिको विकासका लागि आवश्यक पर्ने कार्यक्रमहरू योजनाबद्ध
रूपमा तयार पारी सोको कार्यान्वयन गर्दै जाने ।
१०. संस्थानको कार्य संचालन र सेवालाई बढी व्यावसायिक बनाई नयाँ
कार्यक्रमको पर््रवर्द्धन गर्ने ।
११. दूरसंचार सेवाको स्तर कायम राख्न यस सेवाका लागि प्रयोग हुने
यन्त्र तथा औजारहरूको स्तरीयता कायम गर्ने र सेवा सूचाकाङ्कहरू नियमित
रूपमा अध्ययन गर्ने ।
१२. दूरसंचार संस्थानको मात्र कार्यालय खोली सेवा उपलब्ध गराउँदै
आएकोमा निजी क्षेत्रलाई पनि प्रतिस्पर््रधात्मक तरीकाबाट अधिराज्यका
विभिन्न स्थानमा र्सार्वजनिक टेलिफोन कार्यालय खोली सेवा संंचालन
गर्न दिने ।
४.७ गोरखापत्र संस्थान
क.उद्देश्य
१. जनताको सुसूचित हुने संवैधानिक हकको सम्मान गर्दै स्वदेश र विदेशका
विश्वसनीय समाचारहरू निष्पक्ष ढङ्गले प्रकाशित गर्ने ।
२. स्तरीय, स्वस्थ र वस्तुगत पत्रकारिताको संस्थागत विकासमा योगदान
पुर्याउने ।
३. नेपाल विाङ्मयको विकास र सर्म्वर्द्धनमा क्रियाशील रहने ।
ख. नीति
१. क्रमिक रूपमा सरकारी सहभागिता कम गरी निजी क्षेत्रको सहभागिता
बढाउँदै जाने क्रममा गोरखापत्र संस्थानको शेयर प्रवाहित गर्ने ।
२. गोरखापत्र संस्थानलाई प्रकाशनगृहको रूपमा विकसित गर्दै जाने ।
३. नेपाल अधिराज्यको संविधान, २०४७ का आधारभूत मूल्य, मान्यता र
संरचनाप्रति आस्था बढाउने पाठ्य सामग्रीहरू प्रकाशित गर्ने ।
४. सबै क्षेत्र, वर्ग र व्यवसायका नागरिकहरूका निम्ति उपयोगी हुने
लेख-रचना तथा विभिन्न जात जातिको भाषा, संस्कृति, परम्परा र रीति-रिवाजको
जर्गेना हुने सामग्रीहरू प्रकाशित गर्ने ।
५. सामाजिक कुरीति, विकृति एवं असामाजिक गतिविधिहरू तथा अन्याय,
अत्याचार जस्ता क्रियाकलापलाई निरुत्साहित पार्ने किसिमका सामग्रीहरू
प्रकाशित गर्ने ।
६. र्सवसाधारण जनतालाई राष्ट्रिय सम्पदाहरूको महत्वबोध गर्राई तिनीहरूको
संरक्षण र सर्म्बर्द्धनमा सचेत हुन प्रेरणा दिने ।
७. देश निर्माणमा सृजनात्मक भूमिका निर्वाह गर्न नागरिकहरूमा जांगर
र आत्मविश्वास पैदा गराउने खालका सामग्री प्रकाशित गर्ने ।
८. पर्यावरण एवं वातावरण सन्तुलन र संरक्षणका निम्ति वनजंगलको सुरक्षा,
वृक्षारेपण, प्रदूषण नियन्त्रण आदि कार्यहरूमा आमजनतालाई प्रेरणा
दिने प्रकारका लेख-रचनाहरू प्रकाशित गर्ने ।
९. नेपाल बाहिर पनि विशेषतः नेपाली भाषी क्षेत्रहरूमा नेपाली भाषा
र साहित्यको उत्थानमा सहयोग पुर्याउने ।
१०. व्यक्तिगत स्वार्थ वा दूराग्रह राखी लेखिएका कसैको चरित्र हत्याहुने,
कुनै व्यवसाय वा संस्थाको विश्वसनीयतामा आघात पुग्ने र साम्प्रदायिक
भावनालाई बढावा दिने जस्ता सामग्रीलाई स्थान नदिने ।
११. राष्ट्रले अवलम्वन गरेको परराष्ट्र नीतिको प्रतिकूल हुने किसिमका
समाचार वा लेख रचना आदि प्रकाशन नगर्ने ।
१२. सरकारी एवं गैर सरकारी निकायहरूको क्रियाकलापका सम्वन्धमा महत्वबोध
गराउने वा मर्यादित आलोचना भएका सामग्रीहरूलाई पनि स्थान दिने ।
१३. संस्थानलाई आत्मनिर्भर बनाउन विभिन्न प्रभावकारी उपायहरू अवलम्बन
गर्ने ।
१४. संस्थानले आफ्नो आर्थिक तथा भौतिक क्षमता अनुसार स्वदेश तथा
विदेशमा आफ्नै सम्वाददाताहरू क्रमशः राख्दै जाने ।
१५. दक्ष जनशक्तिको परिपर्ूर्तिका लागि स्वदेश तथा विदेशमा तालिमको
व्यवस्था गर्ने ।
४.८ राष्ट्रिय समाचार
समिति
क. उद्देश्य
१. राष्ट्रिय हितलाई ध्यानमा राखी राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधिका
निस्पक्ष, वास्तविक एवं तथ्यपर्ूण्ा संमाचार संकलन र वितरण गर्ने
।
ख. नीति
१. क्रमिक रूपमा सरकारी सहभागिता कम गरी निजी क्षेत्रको सहभागिता
बढाउँदै जाने क्रममा शेयर प्रवाहित गर्ने ।
२. राष्ट्रिय समाचार समितिलाई निस्पक्ष एवं वस्तुगत समाचार संकलन
तथा वितरण गर्ने स्वायत्त एवं आत्मनिर्भर संस्थाको रूपमा विकसित
गर्ने ।
३. राष्ट्रिय हित र प्रजातन्त्रको संरक्षण, र्सर्म्वद्धन एवं सामाजिक
उत्थानमा सघाउ पुर्याउने समाचारहरू संकलन, सम्पादन, वितरण एवं आदान-प्रदान
गर्ने ।
४. देशको सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक विषयका अतिरिक्त जनअभिरुचिका
अन्य महत्वपर्ूण्ा समाचार र लेख उपलब्ध गराउने ।
५. राष्ट्रले अवलम्वन गरेको परराष्ट्र नीतिलाई टेवा पुर्याउने किसिमका
राष्ट्रिय तथा अतराष्ट्रिय महत्वका समाचार संकलन र वितराण गर्ने
।
६. समाचारहरूको स्तर र महत्व निर्धारित गर्न संस्थाभित्र र बाहिर
उपलब्ध सेवाहरू एवं दक्ष जनशक्ति संगठित पार्ने ।
७. स्तरीय समाचार एवं लेख-रचनाहरूको बिक्रि वितरण गर्ने र आर्जनका
थप स्रोतहरू जुटाउन समयानुकूल सेवाहरू थप गर्दै जाने ।
८. आवश्यकतानुसार क्रमिक रूपमा विदेशका महत्वपर्ूण्ा स्थानहरूमा
रा.स.स. का समाचारदाताहरू थप्दै जाने ।
९. आवश्यक समाचार सेवाहरू उपलब्ध गराउन उपयुक्त उपकरणहरू प्रयोग
गर्दै जाने ।
१०. संचार माध्यमहरका लागि उपयुक्त हुने तस्वीर एवं श्रव्यदृश्य
सामग्रीहरू उत्पादन एवं बिक्रि वितरण गर्ने ।
४.९ नेपाल चलचित्र विकास संस्थान
क. उद्देश्य
१. नेपाली तथा नेपालका अन्य राष्ट्रिय भाषाहरूमा चलचित्र बन्ने वातावरण
सिर्जना गर्ने ।
२. नेपालमा रोजगारीमूलक, आयमूलक र स्वस्थ प्रतिस्पर्धायुक्त नेपाली
चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउने ।
३. चलचित्र सम्बन्धी विदेशी संस्थाहरूसँग सम्बन्ध कायम गरी सुविधा
र प्रविधिको आदान प्रदान गर्ने ।
ख. नीति
१. नेपाल चलचित्र विकास संस्थानलाई निजीकरण गर्ने सिलसिलामा यसका
शेयरहरू निजी क्षेत्रमा प्रवाहित गर्ने ।
२. संस्थानले मूलतः चलचित्र प्रशोधनशालालाई पर्ूण्ा क्षमता एवं प्रभावकारी
रूपमा संचालन गर्ने काममा आफ्नो प्रयास केन्द्रित गर्ने ।
३. नेपाली र अन्य राष्ट्रिय भाषामा चलचित्र निर्माण एवं पर््रदशन
हुनसक्ने वातावरण तयार गर्ने ।
४. चलचित्र सम्बन्धी प्राविधिज्ञ, कलाकार एवं संगीत क्षेत्रका जनशक्तिलाई
आवश्यक प्रशिक्षणको व्यवस्था गर्ने ।
५. संस्थानले निजी क्षेत्रलाई फिल्म निर्माण सम्बन्धी भौतिक सुविधा
सरल र सुगम तरीकाले उपलब्ध गराउने र भौतिक लगानी गरेर मुनाफा आर्जन
हुने खालका परियोजनाहरमा निजी क्षेत्रसँग संयुक्त रूपमा सहभागी हुने
।
६. फिल्म उद्योगमा प्रयोग हुने सामग्रीहरू चलचित्र उद्योगले पाउने
सुविधा एवं सहुलियत उपयोग गरी आयात गर्ने र निजी क्षेत्रका चलचित्र
उद्यमीहरूलाई आवश्यकतानुसार सरल ढङ्गले उपलब्ध गराउने ।
७. सरकारी, अर्धसरकारी र गैरसरकारी निकायहरूद्वारा उत्पादन गर्ने
श्रव्यदृश्य सामग्रीहरू निर्माण गर्न प्रतिस्पर््रधामा जाने ।
४.१० प्रेस काउन्सिल
क.उद्देश्य
१. पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वतन्त्र, मर्यादित
र उत्तरदायी पत्रकारिताको विकास तथा सर्म्वर्द्धन गर्ने ।
२. पत्रकारिताको विकासको लागि पत्रकारितालाई आर्थिक रूपले आत्मनिर्भर
तुल्याउन चालिनु पर्नर्े विभिन्न कदमहरूबारे श्री ५ को सरकारलाई
सल्लाह र सुझाव दिने ।
ख.नीति
१. पत्रपत्रिकाको व्यावसायिक आचारसंहिता जारी गरी लागु गर्ने गराउने
र पत्रपत्रिकामा प्रकाशित समाचारसँग सम्बन्धित विषयलाई लिएर कसैले
काउन्सिलमा उजुरी दिएमा सेा सम्बन्धमा कार्यवाही गर्ने ।
२. पत्रपत्रिकाको वितरण स्थिति, नियमितता, स्तरीयता र जेष्ठताको
आधारमा वर्गीकरण गर्ने ।
३. विज्ञापन एवं न्यूजप्रिन्ट कोटाको प्रयोजनको लागि वितरण स्थितिको
आधारमा पत्रपत्रिकाको वर्गीकरण गर्ने कार्य सम्बन्धित प्रकाशक, विज्ञापनदाता
र विज्ञापन संस्थाहरूले संयुक्त रूपमा गर्नु पर्नेमा सो कार्य उक्त
क्षेत्रबाट नहुन्जेलसम्म वितरण संपरीक्षण सम्बन्धी काम प्रेस काउन्सिलले
गर्ने ।
४. पत्रपत्रिकाको वितरण स्थितिको अद्यावधिक अभिलेख राख्ने ।
५. पत्रपत्रिकाको गतिविधि एवं वस्तुस्थितिबारे अध्ययन र मूल्यांकन
सहितको वाषिर्क प्रतिवेदन श्री ५ को सरकारसमक्ष पेश गर्ने ।
|