Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

सञ्चार अधिकार केन्द्रको चिनारी

विचार तथा अभिव्यक्ति स्वतन्त्रता मानिसको आधारभूत अधिकार हो ।

संयुक्त राष्ट्र संघको मानवअधिकार विश्व घोषणामा भनिएको छ :
"प्रत्येक व्यक्तिलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हुनेछ, जसअर्न्तर्गत प्रत्येक व्यक्तिलाई बिनाकुनै हस्तक्षेप आफ्नो विचार प्रकट गर्ने, आफूले चाहेको सूचना माग्ने, प्राप्त गर्ने तथा त्यस्तो सूचना कुनै माध्यमद्वारा सीमा वा माध्यमको बन्देजबिना प्रचार प्रसार गर्ने स्वतन्त्रता हुनेछ ।"

समाजमा सूचना तथा संचारको अभाव भयो भने सामाजिक तथा राजनीतिक द्वन्द्व सुरु हुन्छ । यो हिंसामा परिणत हुनसक्छ । नेपालजस्तो बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक तथा विविधतायुक्त समाजमा आपसी समझदारी र सद्भाव कायम गर्न निर्वाध, स्वतन्त्र, विश्वसनीय संचारको आवश्यकता हुन्छ ।

प्रजातन्त्रको पुनर्स्थापनापछि नेपालका शहरी इलाकामा आमसंचार माध्यमहरुको उल्लेखनीय विकास भए पनि तिनको पहुँच र प्रभाव गाउँ तथा दर्गम क्षेत्रमा बस्ने बहुसंख्यक नेपालीहरुसम्म छैन । अतः शान्त, समृद्ध र सभ्य समाजको सिर्जनाका लागि पनि स्वतन्त्र, विश्वसनीय र जिम्मेवारीयुक्त मिडिया सबैको पहुँचमा पुग्नु आवश्यक छ । यसका साथै मिडियालाई विश्वसनीय र जनताप्रति उत्तरदायी बनाउनका लागि जनस्तरबाट प्रयासको खाँचो छ ।

मानिसको यही विचार र अभिव्यक्ति स्वतन्त्रलाई संरक्षण र प्रवर्द्धन गर्न सघाउने उद्देश्यले संचार अधिकार केन्द्र स्थापना गरिएको हो । केन्द्रले जिम्मेवारीयुक्त मिडियाको समुचित विकास गरेर यो स्वतन्त्रताको रक्षा गर्नसकिन्छ भन्ने विश्वास राख्छ । सूचनाको निर्वाध प्रवाहका लागि प्रजातान्त्रिक तथा संवैधानिक स्वतन्त्रताका अधिकारहरुको संरक्षण गर्न तथा मिडियालाई वस्तुगत तथा जिम्मेवारीयुक्त ढंगले काम गर्न सघाउनका लागि केन्द्रले निम्नलिखित उद्देश्य लिएर काम गर्ने छ :

उद्देश्य
- मानिसहरुको सूचनाको हकको संरक्षण र सर्म्बर्द्धन गर्नु,
- स्वतन्त्र, आत्मनिर्भर, विश्वसनीय र जिम्मेवार मिडियाको प्रवर्द्धन गर्नु,
- शान्त, समृद्ध र समतामूलक समाजको सिर्जना गर्ने वतावरण बनाउनका लागि मिडियालाई सघाउनु,
- मिडियासम्बन्धी अधिकार र जिम्मेवारी तथा मिडियासम्बन्धी जन चेतनाबारे अध्ययन र अनुसन्धान गर्नु तथा
- शान्ति स्थापना र द्वन्द्व समायोजनका लागि मिडियाको भूमिका बलियो बनाउनु ।

काम
केन्द्रले अध्ययन, सहयोग र सेवा तीन खालका काम गर्नेछ ।

१ अध्ययन : संचार अधिकार, खास गरी विचार तथा अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको बारेमा विद्यमान राष्ट्रिय, अन्तराष्ट्रिय, मिसिलहरुको अध्ययन, पत्रकार तथा आमजनताको संचार अधिकार, प्रेस स्वतन्त्रता र जिम्मेवार प्रेसबारे सोचाइ सम्बन्धी अध्ययन अनुसन्घान, नेपालको प्रजातन्त्र, मानवअधिकार र विकासको लागि प्रेसको भूमिकाबारे अनुसन्धान, नेपाली प्रेसको नियमित अनुगमन विश्लेषण आदि ।

२ सघाऊ : परामर्श, प्रशिक्षण, छलफल, गोष्ठी, स्रोत केन्द्र संचालन आदिद्वारा मिडियालाई सहयोग ।

३ सेवा : संचारकर्मी र आमजनतालाई मिडिया, संचार अधिकार, अभिव्यक्ति स्वतन्त्रताको स्थिति आदि बारे सचेत र शिक्षित बनाउन वेबसाइट, फिचर सेवा, पुस्तक पुस्तिका प्रकाशन आदि कार्यक्रम संचालन ।

केन्द्रले संचालन गर्ने कामहरु यस प्रकार छन् :

१.संचार स्वतन्त्रता प्रवर्द्धनका लागि
- संचार स्वतन्त्रतासँग सम्बन्धित निकाय तथा व्यक्तिहरुको बैठक, भेला आयोजना गर्नु ।
- संचार स्वतन्त्रताको स्थितिको अनुगमन विश्लेषण गर्नु ।
- संचार स्वतन्त्रताका संबंधमा संवैधानिक तथा अन्य प्रावधानहरुको समीक्षा र सूचीकरण गर्नु, गराउनु ।

२. संचार स्वतन्त्रा अभिवृद्धि गर्न संस्थागत मूल्यांकन
- संचार स्वतन्त्रताको सम्बन्धमा सरकारी तथा गैरसरकारी संस्थाहरुको नीति, धारणा र कामको मूल्यांकन, समीक्षा, विश्लेषण गर्नु ।

३. मिडिया सचेतताको स्थिति अध्ययन
- पत्रकारहरु, सरोकारवालाहरु, खास गरी द्वन्द्वमा संलग्न पक्षहरु संचारकर्मीहरुको अधिकार तथा उत्तरदायित्व सम्बन्धी सचेतता बारे अध्ययन गर्नु ।
- संचार अधिकार र उत्तरदायित्वको हननका घटनाहरुको अनुगमन गर्नु ।
- संचार अधिकार र उत्तरदायित्वको उल्लंघनसँग सम्बन्धित सामग्रीहरुको निरन्तर समीक्षा र मूल्यांकन गर्नु ।

४. संचार अधिकारको अवस्था सपार्ने प्रयास
- संचार अधिकारको अवस्थामा सुधार गर्न सरोकारवालाहरु र विभिन्न व्यवसायीहरुको बैठक, भेला आयोजना गर्नु । व्याबहारिक उपायहरु खोज्नु तथा ती उपायहरु लागू गराउने प्रयास गर्नु ।

५. संचार अधिकार र उत्तरदायित्व सम्बन्धी पुस्तक, पुस्तिका तथा अन्य सामग्री उत्पादन गर्नु ।

६. प्रशिक्षण कार्यक्रम
- संचार अधिकार र उत्तरदायित्व सम्बन्धी प्रशिक्षणका लागि पाठयक्रम र तालिम सामग्री तयार पार्नु ।
- संचार अधिकार र उत्तरदायित्व सम्बन्धी तालिम संचालन गर्नु ।

७. संचार अनुगमन
- सान्दर्भिक समाचार, लेख तथा अन्य सामग्रीहरु संकलन तथा सूचीकरण गर्ने व्यवस्था गर्नु ।
- संचार अधिकार र उत्तरदायित्वको उल्लंघनका घटनाहरुको अनुगमन गर्नु ।

८. संचार कर्मीहरुका लागि वेबसाइट संचालन
- नेपाली भाषामा सूचना तथा संचार, खास गरी संचार अधिकार र उत्तरदायित्व सम्बन्धी उपयोगी सामग्री सहितको वेबसाइट स्थापना तथा संचालन गर्नु ।
- मिडिया सम्बन्धी नीति, ऐन, नियम, आचार र व्यवहारबारे जानकारी उपलब्ध गराउनु ।
- ताजा विषयवस्तुमा वस्तुगत तथा उत्तरदायित्वयुक्त समाचार संप्रेषण गर्न सघाउने सूचना उपलब्ध गराउनु ।
- संचारकर्मीहरुलाई सूचना प्रविधि, खास गरी पत्रकारितामा कम्प्युटर र इन्टरनेटको उपयोग गर्न सघाउनु ।
- अनलाइन फिचर सेवा संचालन गर्नु ।

९. फिचर सेवा संचालन
- संचार अधिकार र उत्तरदायित्वबारे चेतना बढाउन फिचर सेवा (लेख रचनाहरु) मार्फ् उपलब्ध गराउनु ।
- लेख रचनामार्फ पाठक, श्रोता तथा दर्शकहरुमा संचार सचेतना बढाउनु ।

१०. संचार अधिकारबारे क्षेत्रीयस्तरमा संवाद, छलफल चलाउनु ।

केन्द्रको संस्थागत हैसियत :
संचार अधिकार केन्द्र मिडिया र्सर्भिसेज इन्टरनेसनलले पर््रवर्द्धन गरेको नाफा कमाउने उद्देश्य नभएको स्वतन्त्र निकाय हो ।

सर्म्पर्क :
संचार अधिकार केन्द्र
मिडिया र्सर्भिसेज इन्टरनेसनल
काठमाडौँ
पोष्ट बक्स नं. ३०९४ काठमाडौँ
फोन नं. ४६७१२४१, ६२२२२५६
इमेल : msi(at)mail.com.np
संपादकको
फोनः ५५२२४६१, मोबाइलः ९८५१०६४७७७
इमेल : vinaya(at)wlink.com.np
url: www.kasajoo.com

s]Gb|sf] jflif{s sfo{qmd yfxf kfpg oxfF lSns ug'{; -xfOk/ ln+s_

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas