Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।

पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा फ्रिडम फोरमले प्रस्तुत गरेको प्रतिवेदनको सार यहाँ दिइएको छ ।

मधेस आन्दोलनमा मिडिया
प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रम
फ्रिडम फोरम, काठमाडौँ, मिति २०६४ साउन २८

पृष्ठभूमि
जनआन्दोलन-२ पश्चात सम्पूर्ण वर्ग र क्षेत्रमा पहिचान र सहभागिताको भावनामा सकारात्मक वृद्घि
माघ १ अन्तरिम संविधान जारी
नेपाल सद्भावना पार्टी (आ.) लगायत अन्य मधेसी संघ संस्थाहरूबाट अन्तरिम संविधानप्रति असहमति व्यक्त ।
समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानसभाको निर्वाचन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको माग ।
नेपालगंज, काठमाडौँ लगायतका स्थानहरूमा विरोध कार्यक्रमहरूको आयोजना ।
विरोध कार्यक्रमहरू सँगसँगै संचार तथा संचारकर्मीमाथि आन्दोलनकारीहरूबाट आक्रमण भएको दावीहरू ।
नेपालमा अधिकारका लागि भएको आन्दोलनमा पहिलो पटक मिडिया तथा पत्रकारहरूमाथि आक्रमण ।
माघ १ देखि २४ गते सम्ममा पूर्वी र मध्य तराईका जिल्लामा मात्र
१९ जना पत्रकारमाथि आक्रमण
पत्रकार महासंघका पाँच कार्यालय र सञ्चार संस्थाहरूमा तोडफोड
२३ जना पत्रकारलाई गम्भीर धम्की र दुर्व्यवहार
१९ पत्रकार कार्यस्थल छाड्न बाध्य
५३ वटा प्रकाशन बन्द
सञ्चार संस्थाका १२ वटा सवारी साधन तोडफोड

नेपालगञ्जपछि लहान, गौर घटना लगायत मधेस आन्दोलनको अवधिमा मिडियामाथिको आक्रमण कायमै
आन्दोलनकर्मी तथा संचार जगतका बीच आरोप प्रत्यारोप
सही समाचार नदिएको, एकतर्फी समाचार दिएको, समाचार नियन्त्रण (Censor)  गरिएको आरोप,
आफ्नो व्यावसायिक धर्म पालना गरेको सञ्चार जगतको दावी ।

अध्ययनको उद्देश्य
मधेस आन्दोलनमा संचारमाध्यमहरूले निर्वाह गरेको भूमिका तथा संचार माध्यममाथिको आक्रमणका कारणबारे अध्ययन ।
आन्दोलनका क्रममा संचारमाध्यम र संचारकर्मीहरूको कामबारे आम धारणा बुझने,
वस्तुगत अध्ययन एवं विश्लेषणका आधारमा भविष्यका लागि सुझाव दिने ।

अध्ययनको सीमा
प्राविधिक सीमाः यस किसिमको अध्ययनमा अनुसन्धान विधिको विस्तृत प्रयोगमा कठिनाइ
भौगोलिक सीमाः अध्ययन मधेस आन्दोलनको व्यापक प्रभाव परेका क्षेत्रमा केन्द्रित
समय सीमाः अध्ययनका लागि प्राप्त धेरै छोटो समय
स्रोत सीमाः पर्याप्त स्रोत जुटाउनमा कठिनाइ

अध्ययन विधि
स्थलगत भ्रमण (Field Visit)
विषयवस्तु अध्ययन (Content Study)
तात्कालिक र्सवेक्षण (Rapid Response Survey)

सर्वेक्षणमा संलग्न उत्तरदाता समूह
संचारसँग सम्बन्धित संघसंस्था र प्रतिनिधिहरू
पीडित पत्रकार तथा सञ्चारगृह
मधेस आन्दोलनका आन्दोलनकारी, नेता तथा कार्यकर्ता
नागरिक समाजका प्रतिनिधि
राजनैतिक दलका प्रतिनिधि
सञ्चार उपभोक्ता (पाठक, श्रोता तथा दर्शक)

अध्ययन क्षेत्र
पूर्वी क्षेत्र ः मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, र्सलाही
मध्य क्षेत्र ः चितवन, बारा, पर्सा, रौतहट
पश्चिम क्षेत्र ः बांके, कपिलवस्तु , रूपन्देही, नवलपरासी ।

विषयवस्तु अध्ययन
स्थानीय दैनिकः                                     
पूवी सन्देश (झापा), उद्घोष दैनिक (विराटनगर), व्लाष्ट दैनिक (धरान),  राजबिराज टुडे (सप्तरी),  जनकपुर टुडे (जनकपुर), जनकपुर एक्सप्रेस (जनकपुर), प्रतीक (बीरगन्ज), अंकुश (बीरगञ्ज), पारदर्शी (चितवन), जनसंघर्ष (बुटवल), लुम्बिनी (बुटवल), कालपृष्ट (नेपालगञ्ज), नेपालगञ्ज टाइम्स (नेपालगञ्ज),
राष्ट्रिय दैनिकः
गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, काठमान्डौ पोष्ट
रेडियो
काठमान्डौबाटः नेपाल एफएम, इमेज एफएम, कम्यूनिकेसन कर्नरको समाचार                                 
काठमान्डौ बाहिरबाटः वीरगन्ज एफएम (वीरगन्ज), बुटवल एफएम (बुटवल), भेरी एफएम (नेपालगन्ज), कोशी एफएम (विराटनगर), मिथीला एफएम (जनकपुर), रेडियो वागेश्वरी (नेपालगन्ज),
काठमान्डौ बाहिरका एफएमहरूसँग प्रसारित सामग्रीको पूर्ण अभिलेख नभएकाले तोकिएको अवधिको सम्पूर्ण सामग्रीको अध्ययन हुन सकेन ।
टेलिभिजन
नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन

स्थलगत अध्ययनमा देखिएका प्रवृतिहरू
स्थानीय महत्वका समाचारलाई स्थान नदिइएको वा गौण बनाइएको
शान्तिपूर्ण आन्दोलनको समाचार ओझेलमा पर्न गएको
शान्ति उन्मुख पत्रकारिताको अभ्यासमा कमी देखिएको
पत्रकारहरू द्वन्द्वको अवस्थामा पूर्णतया तटस्थ हुन नसकेकाले पनि कतिपय स्थानमा आक्रमणमा परेका ।
पत्रकारहरूको सुरक्षासम्बन्धी व्यवस्था निकै कमजोर रहेको ।

सञ्चारमाध्यमको प्रभावकारिता
प्रायःजसो सबै मिडियामा मधेसी आन्दोलन सम्बन्धी समाचारले प्राथमिकता पाएको ।
केही समाचारहरूमा उत्तेजना फैलाउने र हिंसालाई बढावा दिने भाषाको प्रयोग भएको ।
छापा माध्यमहरूले समाचारको विश्वसनीयता कायम राख्ने (बढाउने) तर्फ पर्याप्त ध्यान दिएको नपाइएको ।
कतिपय समाचारमा स्रोत नखुलाइएकाले भ्रम पैदा गर्ने किसिमको रहेको ।
पत्रपत्रिकामा आन्दोलनका गतिविधिलाई उचित स्थान दिएर समाचारहरू सन्तुलित बनाउनेतर्फपर्याप्त ध्यान दिएको नपाइएको ।
मधेसका मुख्य माग सम्बन्धी बुँदाको उपेक्षा गरिएको ।
घटनाकेन्द्रित र विवरणात्मक समाचार बढी तर फिचर, सम्पादकीय लेख र दृष्टिकोणको विवेचना कम हुने गरेको पाइएको ।
वस्तुगत अवलोकनका आधारमा भन्दा स्थानीय प्रहरी एवं भर नपर्दा स्रोतहरूबाट सूचना लिई आफूले देखेजस्तो गरी समाचार प्रकाशित प्रसारित गर्ने गर्दा सत्य तथ्यमा अन्तर पर्न गई सम्वाददाताहरू आलोचना र धम्कीका शिकार बनेका दृष्टान्त पाइएको ।

प्रसारण समाचार विश्लेषण
सुनसान सडक, विरोध प्रदर्शन, बसहरू जलाइएका, सडकमा अवरोध, टायर बालेर बाटो बन्द गरेका दृष्य बढी देखाइए भने शान्तिपूर्ण र्‍याली, सद्भाव जुलुस सम्बन्धी दृश्यले कम महत्व पाएको ।
कुनै कुनै समाचारको भाषा आक्रामक रहेको पाइयो ।
आन्दोलनलाई साम्प्रदायिक, दरवारिया षड्यन्त्र, विदेशीको उक्साहट, आदि विशेषण लगाइएको तर आन्दोलन किन भन्नेबारे सत्यतथ्य अगाडि ल्याउन सम्बन्धित माध्यमहरूले चेष्टा नगरेको देखियो ।
समाचारहरू आरोप प्रत्यारोप र विज्ञप्तिमा बढी केन्द्रित तर घटना कसरी भयो, घटना पछाडिको वास्तविकता, प्रहरी प्रशासनको भूमिका आदि विषयहरूको विश्लेषणप्रति उदासिन पाइयो ।
आन्दोलन साम्प्रदायिक नदेखिएको चरणमा पनि केही समाचारमाध्यमले सामाजिक सद्भाव बिथोलिएका समाचार प्रशारण गर्दा त्यसबाट सञ्चारमाध्यमप्रति स्थानीय समुदायमा अविश्वास र आक्रोशमा वृद्धि ।
प्रसारण माध्यमहरूले निष्पक्ष ढंगले सही सूचना दिन नसक्दा संदिग्ध स्रोतबाट तयार पारिएको नेपालगन्ज बन्द बारेको सिडिबाट जनमत प्रभावित भएको ।
राष्ट्रियस्तरका संचारमाध्यमहरूले आत्मसंयमको अभ्यास गर्दा यथार्थ समाचार सम्प्रेषण गर्ने कार्यमा पूर्ण सफल नरहेको ।
तुलनात्मक रूपमा स्थानीय संचार माध्यमहरू बढी संतुलित रहेको पाइएको ।

सुझाव
सञ्चार माध्यमहरूको निष्पक्षता, निष्ठा र व्यवसायिक क्षमतासँग सम्वन्धित सुझावः
पत्रकारिता पेशालाई दलगत निष्ठा र प्रभावबाट मुक्त राखिनु पर्ने ।
प्रेसलाई दलगत प्रभावबाट मुक्त स्वतन्त्र व्यवसायको रूपमा फस्टाउने वातावरण सिर्जना गरिनु पर्ने ।
समावेशीकरणको सिद्धान्तअनुरूप मधेसी तथा पिछडिएका वर्गलाई पत्रकारितासम्बन्धी सीप निर्माणमा प्रोत्साहित गर्न आवश्यक पहल गरिनु पर्ने ।
मिडियामा मधेसी, जनजाति, दलित र अन्य समुदायका व्यक्तिहरूको पनि उचित प्रतिनिधित्वका लागि उनीहरूलाई तालिम, प्रशिक्षण र अवसर प्रदान गरिनु पर्ने ।
पेशागत सुरक्षाका प्रावधानहरू अपर्याप्त भएकाले सुधार ल्याउनेतर्फ प्रयास गरिनु पर्ने ।
सबै प्रकारका सूचना माध्यमहरूलाई अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डअनुरूप स्वतन्त्ररूपमा काम गर्नसक्ने वातावरणको सुनिश्चितता प्रदान गर्नु पर्ने
संचार संस्थाहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा राजनैतिक पार्टी र सरकारको नियन्त्रण र दबावबाट मुक्त राख्ने संस्थागत प्रबन्धको सुनिश्चितता आवश्यक ।
सत्यतथ्यमा आधारित समाचार प्रस्तुत गर्ने जिम्मेदारी तथा जवाफदेहीबारे सजग गराउने कार्यक्रमहरू संचालन गर्नु पर्ने ।
संचारकर्मीहरूलाई शान्ति पत्रकारिता अवलम्बन गर्न प्रशिक्षणका अवसरहरू उपलव्ध गराउनु पर्ने ।
पत्रकार र राजनीतिक दलका कार्यकर्ताहरूलाई संचारमाध्यमको दायित्व र सीमाबारे आधारभूत ज्ञान दिने प्रशिक्षण गोष्ठिहरूमा सरिक गराइनु पर्ने र अन्तक्रियाहरू बढाइनु पर्ने ।

सरकारलाई सुझाव  
पत्रकारहरूका लागि निर्वाध आवागमन,
समाचार अनुकूल नभएमा पत्रकार वा समाचार सम्प्रेषण गर्ने संस्थाहरूमाथि गरिने दवाव र आक्रामक कारबाही हुन नदिन वान्छनीय र पर्याप्त सुरक्षा प्रदान गर्नु पर्ने
राजनीतिक गतिविधिहरूमा पूर्ण सुरक्षा प्रदान गर्न भेदभावरहित समान मापदण्ड अपनाइनु पर्ने ।

आन्दोलनकारीहरूलाई सुझाव
आन्दोलनहरू शान्तिपूर्ण र मर्यादित हुनु पर्ने ।
जातीय घृणा र द्वेष फैलन नदिन विशेष सतर्कता अपनाउने ।
स्वतन्त्र प्रेसका मर्यादा र जिम्मेवारीहरूप्रति सम्मान देखाउने ।
संकटमा परेका पत्रकारहरूको उद्धारका लागि तत्परता देखाउने ।
त्रुटिपूर्ण समाचारबाट भ्रम पैदा हुने अवस्था आएमा सच्याउने अवसर प्रदान गर्ने ।

अन्तराष्ट्रिय समुदायसँगको अपेक्षा
संचारकर्मी र संचारसंस्थाहरूले समाचार संकलन संप्रेषण र प्रस्तुतिमा स्वतन्त्रतापर्ूवक काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूतिबारे अनुगमन गर्ने ।
उल्लंघनका घटनाहरूमा सम्बन्धित निकायहरूलाई सचेत गराउने ।
शान्ति रूपान्तरणका लागि कार्यरत संचारकर्मीहरू र संस्थाहरूको दक्षता निमार्ण गर्न उपयुक्त प्रशिक्षण, क्षमता बृद्धि , अनुभवको आदानप्रदान गर्ने कार्यक्रमहरूमा सहयोग पुर्‍याउने ।
धन्यवाद


 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas