Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन

प्रस्तावनाः नेपालको अन्तरिम संविधान, २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसद्ले यो संशोधन जारी गरेको छ ।
१. सङ्क्षिप्त नाम र प्रारम्भ ः (१) यस संशोधनको नाम 'नेपालको अन्तरिम संविधान (पहिलो संशोधन), २०६३ रहेको छ ।
(२) यो संशोधन तुरुन्त प्रारम्भ हुनेछ ।
२. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३३ मा संशोधन ः नेपालको अन्तरिम संविधान, २०६३ (यसपछि 'संविधान' मानिएको) को धारा ३३ को खण्ड (घ) पछि देहायको खण्ड (घ१) थपिएको छः
" (घ१) मुलुकको राज्य संरचनाका सबै अङ्गहरू मधेसी, दलित, आदिवासी जनजाति, महिला, मजदुर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशीको आधारमा सहभागी गराउने ।"

३. संविधान, २०६३ को धारा ६३ मा संशोधन ः संविधानको धारा ६३ को ः
(१) उपधारा ३. को सट्टा देहायको उपधारा (३) राखिएको छ ः(
"(३) संविधानसभामा समान जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा र मधेसमा जनसङ्ख्या प्रतिशतको आधारमा कानुनमा व्यवस्था भएबमोजिम मिश्रति निर्वाचन प्रणाली अनुरूप देहायबमोजिम निर्वाचित र मनोनयन हुने देहायका सङ्ख्याका सदस्यहरू रहनेछन् ः
(क) प्रशासकीय जिल्लालाई निर्वाचन जिल्ला कायम गरी संविधानसभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसङ्ख्याका आधारमा त्यस्ता जिल्ला र सदस्य सङ्ख्याबीचको अनुपात यथासम्भव समान हुनेगरी धारा १५४ क.बमोजिम व्यवस्था भएको निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्धारण भएबमोजिमको सङ्ख्या बराबर निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजनाका दरले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार निर्वाचित सदस्य,
(ख) सम्पर्ूण्ा मुलुकलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली अनुसार खण्ड (क) बमोजिमको सदस्य सङ्ख्या बराबर निर्वाचित हुने सदस्य,
(ग) राष्ट्रिय जीवनमा महìवपर्ूण्ा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने सत्रजना सदस्य ।"
(२) उपधारा (३) पछि देहायको उपधारा (३क) थपिएको छ ः
"(३क) उपधारा (३) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए पनि सो खण्डबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा संवत् २०५६ सालमा तत्काल कायम रहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदाको बखत प्रचलित कानुनबमोजिम कायम रहेका प्रशासकीय जिल्लाका निर्वाचन क्षेत्रको सङ्ख्यालाई यथावत् राखी हिमाली र पहाडी क्षेत्रमा जनसङ्ख्या वृद्धिका आधारमा निर्वाचन क्षेत्र वृद्धि गरिनेछ र त्यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेसको जनसङ्ख्याको प्रतिशतका आधारमा निर्वाचन क्षेत्रको सङ्ख्या कम भएका मधेसका प्रशासकीय जिल्लाको निर्वाचन क्षेत्र वृद्धि गरिनेछ ।"
४. संविधानको धारा १३८ मा संशोधन ः संविधानको धारा १३८ को,
(१) उपधारा (१) मा रहेका 'लोकतान्त्रिक' भन्ने शब्दहरूपछि 'सङ्घीय शासन प्रणालीसहितको' भन्ने शब्दहरू थपिएका छन् ।
(२) उपधारा (३) मा रहेका 'राज्यको पुनःसंरचनासम्बन्धी' भन्ने शब्दहरूको सट्टा 'राज्यको पुनःसंरचना तथा सङ्घीय शासन प्रणालीपछिको स्वरूपसम्बन्धी विषयको' भन्ने शब्दहरू थपिएका छन् ।
५. संविधानमा १५४क. थप ः संविधानको धारा १५४ पछि देहायको धारा १५४क. थपिएको छ ।
"१५४क. निर्वाचन क्षेत्र निर्धारण आयोग ः (१) संविधानसभा सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न नेपाल सरकारले एक निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सक्नेछ, जसमा देहायबमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन् ः-
(क) सर्वोच्च अदालतबाट सेवानिवृत्त न्यायाधीश - अध्यक्ष
(ख) भूगोलविद् - सदस्य
(ग) समाजशास्त्री वा जनसङ्ख्याविद् - सदस्य
(घ) प्रशासनविद् वा व्यवस्थापनविद् - सदस्य
(ङ) नेपाल सरकारको सेवामा रहेका राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृत - सदस्य-सचिव
(२) निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्नेछ ।
(३) निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्य अवधि सो आयोग गठन गर्दाका बखत नेपाल सरकारले तोकेबमोजिम हुनेछ र त्यस्तो कार्यावधि आवश्यकता अनुसार नेपाल सरकारले थप गर्न सक्नेछ ।
(४) उपधारा (१) को र्सवमान्यतामा प्रतिकूल नहुने गरी देहायबमोजिमको योग्यता नभई कुनै पनि व्यक्ति निर्वाचन क्षेत्र निर्धारण आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन योग्य हुने छैन ः-
(क) नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातकोपाधि उपाधि हासिल गरेको,
(ख) कम्तीमा पैँतालीस वर्षउमेर पूरा भएको,
(ग) उच्च नैतिक चरित्र कायम भएको ।
(५) देहायका अवस्थामा निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ ः-
(क) निजले प्रधानमन्त्रीसमक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको मृत्यु भएमा ।
(६) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ६३ को उपधारा (३) र (३क) को अधीनमा रही त्यस्ता जिल्लाको जनसङ्ख्या र संविधानसभा सदस्य सङ्ख्याबीचको अनुपात यथासम्भव समान हुनेगरी प्रत्येक जिल्लाको जनसङ्ख्याका आधारमा सो जिल्लाबाट निर्वाचित हुने त्यस्तो सदस्य सङ्ख्या निर्धारण गर्नेछ र सो सङ्ख्या बराबर संविधानसभाको सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।
(७) उपधारा (६) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा समान जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा प्रत्येक प्रशासकीय जिल्लाको सिमाना, भौगोलिक अवस्था, जनसङ्ख्याको घनत्व, यातायातको सुविधा र त्यस्तो जिल्लामा बसोवास गर्ने बासिन्दाको सामुदायिक तथा सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्नेछ ।
(८) उपधारा (७) मा जुनसुकै कुरा लेखिएको भए पनि यो संविधान प्रारम्भ हुँदाका बखत निर्वाचन जिल्लामा कायम रहेका निर्वाचन क्षेत्रभन्दा कम हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्न सकिने छैन ।
(९) निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण गरिएको विषयमा कुनै अदालतमा कुनै प्रश्न उठाउन सकिने छैन ।
(१०) निर्वाचन क्षेत्र निर्धारण आयोगले आफूले सम्पादन गरेको कामको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाउनेछ ।
(११) निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो कार्याविधि आफैँ निर्धारण गर्नेछ ।
(१२) निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक तथा सुविधा क्रमशः निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसरह हुनेछ ।
(१३) निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।"
व्यवस्थापिका संसदले पारित गरेको मितिः २०६३ फागुन २५ गते शुक्रबार ।

 


 



 

 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas