Center for Media Rights

सूचनाअधिकार
सूचनाअधिकारबारे सामग्री

  Relevant Articles
   International Mission
   Home
Comprehensive Peace Agreement Nov. 2006

The Public's
Right to Know

Principles on Freedom of
Information Legislation

Manual for Arab Journalists on
Freedom of Inform ation and Investigative
Journalism

खतरनाक परिस्थितिमा काम गर्ने पत्रकारहरूका लागि निर्देशिका

यो पुस्तक पत्रकारहरूका लागि निकै उपयोगी छ । यसलाई
www.newssafety.com
बाट साभार यहाँ राखिएको छ । यहाँ क्लिक गरेर पढन र डाउनलोड गर्न सक्नुहुन्छ ।

Gender Equity Charter 2006 FNJ
 
पत्रकारहरुका लागि सम्पन्न कार्यक्रमहरू

संविधानसभा निर्वाचन आचार संहिता
हेर्नुहोस्, डाउनलोड गर्नुहोस

 

 

 

 



मिडियाको लोकतन्त्रीकरण पुस्तक

Click here to Download
 
Click here to Download
 
Click here to Download
 
 
Rights and Responsibilities of Journalists. A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
मिडियामा काम गर्ने महिलाहरूको संख्या र गुण कसरी बढाउने
रणनीति पत्र
यहाँ क्लिक गरेर हेर्नुहोस् वा पीडीएफ मा डाउनलोड गर्नुहोस
 

सामुदायिक रेडियो स्टेसनहरूको विश्व संगठन अमार्कको नेपाल वेबसाइट हेर्नुसः AMARC

लेख रचना

मिडिया भन्ने कि प्रेस

- विनयकुमार कसजू


प्रेस र पत्रकारिताको लागि मिडिया शब्द प्रयोग हुन लागेको केही वर्षभयो । मिडिया शब्दले प्रेस र पत्रकारितालाई मात्रै समेट्ने भए यसले खासै गडबडी गर्ने थिएन तर मिडियाले संचारका सबै माध्यमहरुलाई समेट्ने हुनाले अनेक भ्रम सिर्जना भएको छन् र अनर्थ पनि हुन थालेको छ ।

सूचनाको सबैभन्दा ठूलो स्रोत सरकार हो । त्यसले जनतालाई आवश्यक पर्ने सूचना, जानकारी र ज्ञानका विषयवस्तुहरु निरन्तर प्रवाहित गर्नुपर्छ । सरकारी घोषणा, ऐन, नियम, सूचना, सन्धि सम्झौतालगायत विभिन्न आधिकारिक कुरा र कामको लागि सरकारले राजपत्र प्रकाशित गर्छ । विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुले आआफ्नो विषयका जानकारी जनतालाई दिनका लागि पत्रिका, बुलेटिन, पुस्तक, पुस्तिका, डायरी प्रकाशित गर्छ । अहिले आएर हरेक निकायको आफ्नै वेबसाइट हुनु अपरिहार्य हुन थालेको छ । सरकारले विभिन्न तहमा संचालन गर्ने यी सबै प्रकाशन र प्रसारणहरु मिडिया नै हुन् ।

लोकतन्त्रमा सरकारको हरेक काम पारदर्शी हुनर्ुपर्छ । यसको लागि सरकारले सकेसम्म धेरै र विविध प्रकारका मिडियाको संचालन र उपयोग गर्नुपर्ने हुन्छ । तर नेपालमा २०४७ सालदेखि नै प्रजातन्त्रमा सरकारले मिडिया चलाउनु हुँदैन भनेर आवाज उठिरहको छ । प्रेस शब्दको लागि मिडिया शब्द प्रयोग गर्दा भएको गडबडीको यो एउटा जल्दाबल्दो उदाहरण हो । मिडिया आयोग, मिडिया काउन्सिलको माग, मास एजुकसन र जर्नलिजम शिक्षाका लागि मिडिया एजुकेसन शब्दको प्रयोग जस्ता कुराहरु पनि यही गडबडीबाट जन्मेका हुन् ।

२०४६ सालअघि नेपाल पत्रकार महासंघको चुनावमा गोरखापत्र संस्थानका कम्पोजिटरले समेत पत्रकारको हैसियतले भोट हाल्थे र सँधै सरकारी उम्मेदवारको जित गराइन्थ्यो । त्यसै बेलादेखि सूचना तथा संचार उद्योगमा काम गर्ने हकरदेखि छापाखानाका मजदूर तथा प्रकाशन विभागका कर्मचारीहरु र  समाचार र विचार सिपाही पत्रकार/प्रेसबीच भिन्नता मेटिन थालेको हो । अहिले आएर चिठी बाँडने हुलाकीले पनि आफूलाई संचारकर्मी भन्छन् र पत्रकारले पनि आफूलाई संचारकर्मी भन्छन् । संचारकर्मी जो पनि हुनसक्छ । हुलाकी पनि संचार कर्मी हो तर सबै संचारकर्मी पत्रकार/प्रेस रिपोर्टर हैनन् । सन् २००६ मा ८१ जना पत्रकार र ३२ जना मिडिया स्टाफ मारिएका थिए । -हेर्नुस् ः रिपोर्र्टर्स विदाउट बोर्डरको रिपोर्ट ।) अन्तर्राष्ट्रिय प्रचलनमा पनि संचार माध्यमहरुमा काम गर्ने सबैलाई पत्रकार भनिँदैन । पत्रकार बाहेकका कर्मचारीहरुलाई मिडिया स्टाफ, मिडिया एसिस्टेन्ट वा मिडिया पर्सनेल भनिन्छ ।

मिडिया शब्द मिडियम -माध्यम) शब्दको बहुबचन हो । सन् १९२१ भन्दा पहिले मिडिया शब्द थिएन । मिडियम शब्दले त्यतिबेला भूतप्रेत र मानिस वा र्स्वर्ग नर्क र संसारबीच सर्म्पर्क गराइदिने माध्यम धामीझांक्री, पुजारी इत्यादिलाई बुझाउँथ्यो । सन् १९२१ मा विज्ञापन गर्ने शब्द जनाउनका लागि पहिलो पटक मिडिया शब्दको प्रयोग सुरु भएको हो ।

त्यसपछिका मिडिया शब्दको प्रचलन फेसनकै रुपमा बढ्यो र यसले धेरै अर्थ बोक्न थाल्यो ।  अहिले मिडिया शब्दले ठूलो समूह वा विशष लक्षित वर्गलाई विभिन्न प्रकारका मनोरंजन उपलब्ध गराउने; समाचार र सूचना दिने; विज्ञापनका सन्देश प्रचार गर्ने आदि संचारका विभिन्न च्यानलहरु बुझाउँछ । मिडिया सामान वा सेवा विक्री गर्नहरु र उपभोक्ताहरुबीच विज्ञापनको सन्देश पुर्याउने महत्वपर्ूण्ा सूत्र बनेको छ ।

हाल बजारमा अखबार, पत्रिका, पुस्तक, न्युजलेटर, रेडियो, टेलिभिजन, केबुल टेलिभिजन, सिनेमा र र्सार्वजनिक स्थलमा पर््रदर्शन गरिने विज्ञापनका भाँतीभाँतीका साधनहरुका रुपमा विभिन्न खालका मिडिया उपलब्ध छन् । सूचना तथा संचार प्रविधिको विकाससँगै मिडियाका रुप, आकार र गुणमा पनि परिवर्तन भइरहेको छ । यदि प्रेस शब्दलाई माथिका सबै खालका माध्यम वा साधन जनाउने शब्दको अर्थमा वा मिडियाको पर्यायवाची शब्दको रुपमा प्रयोग गरियो भने धेरै गडबडी हुन्छ । जस्तै अमेरिकाको संविधानमा प्रेसलाई नियन्त्रण गर्ने/खुम्च्याउने कुनै पनि कानुन बनाउन पाइने छैन भनिएकोमा प्रेसको सट्टा मिडिया शब्द राख्यो भने त्यसको प्रभाव के होला -

मिडिया उद्योग र व्यापार हो । यसको सम्बन्ध धन वा नाफासँग छ । तर प्रेस र पत्रकारिताको सम्बन्ध शक्तिसँग छ । प्रेसले मूल रुपमा शक्ति कहाँ, कोसँग छ, कताबाट कता जाँदैछ, कसरी जाँदैछ लेखाजोखा गर्छ । शक्तिको रुपान्तरण, हस्तान्तरण र अपहरणलाई यसले निगरानी र विश्लेषण गर्दै जनताको हातमा शक्ति हस्तान्तरण गर्ने कामलाई तीब्र पार्न सघाउँछ । यसैले प्रेसको सबैभन्दा नजिकको साइनो राजनीतिसँ छ । सारमा प्रेसले जनहितको लागि काम गर्छ भने मिडियाले जनहित गर्ने जिम्मेवारी लिँदैन । प्रेस यस्तो शक्ति हो जसले आफ्नो शक्तिको उपयोग जनताको लागि गर्छ, आफ्नो लागि कदापि गर्दैन ।  प्रेस मिडिया अर्न्तर्गत पर्छ तर सबै मिडिया प्रेस होइन । मिडियाले सन्देशलाई रुप र आकार दिन्छ भने प्रेसले राज्य र राजनीतिलाई रुप र आकार दिन्छ । प्रेसलाई चौथो अंग हो तर मिडिया चौथो अंग होइन ।

मदिरा बनाउनका लागि अंगूरफल च्याँप्ने, निचोर्ने -प्रेस गर्ने) मेसिनलाई सुधारेर कागत च्यापेर अक्षर छाप्ने मेसिन हाते छापाखाना -प्रेस) बनेको थियो । प्रेसले समाचार/पत्रपत्रिका छाप्न थालेपछि समाचार उत्पादन प्रकाशन गर्नर्े व्यवसायलाई समग्र रुपमा प्रेस भन्न थालिएको हो । यो शब्दले '१) अखबार, पत्रिका -म्यागजिन), २) अखबार र पत्रिकामा काम गर्ने पत्रकार र फोटोग्राफर, ३) कुनै व्यक्ति वा कुनै विषयमा पत्रपत्रिकामा प्रकाशित रिपोर्ट, ४) अखबार र किताब छाप्ने मेसिन' लाई जनाउँछ । पत्रकार शब्दले अखबार, पत्रिका, रेडियो वा टेलिभिजनका लागि समाचार बटुल्ने र लेख्ने व्यक्तिलाई जनाउँछ । -अक्स्फोर्ड एडभान्स लर्नर्स डिक्सनरी) ।

अहिलेको विश्वमा सबैभन्दा प्रभावकारी मिडिया टेलिभिजन मानिन्छ । तर टेलिभिजनले देखाउने सबै कार्यक्रम प्रेस होइन । त्यसमा प्रेसभन्दा मनोरंजनको हिस्सा धेरै हुन्छ । यसैले टेलिभिजनमा काम गर्ने सबै जना पत्रकार होइनन्, मिडिया स्टाफ हुन् । यही कुरा अन्य मिडिया तथा सरकारी तथा निजी प्रकाशन र प्रशारण निकाय/कम्पनीहरुमा पनि लागू हुन्छ । राज्य वा सरकारले मिडिया र प्रेस संचालन गर्न हुन्छ कि हुँदैन भन्ने विषयलाई पनि यही अर्थमा हेर्नुपर्छ ।

सरकार स्वयं एउटा शक्ति हो । सरकारले सेना, प्रहरी, कर्मचारीहरुको भौतिक बल -हार्ड पावर) उपयोग गर्छ । लोकतान्त्रिक व्यवस्थामा सरकारले प्रेस अर्थात अभौतिक बल -सफ्ट पावर) को उपयोग गर्दैन । तर हाम्रोजस्तो देशमा राज्य र सरकारको लोककल्याणकारी भूमिका हुन्छ । यही भूमिका अर्न्तर्गत राज्यले जनताका ज्ञान, सूचना, शिक्षा, मनोरंजनका आवश्यकता पनि पूरा गर्नुपर्ने हुन्छ । विश्वीकरण, उदारीकरण, बजारीकरणले गर्दा अहिले विश्वभरि नै निजीक्षेत्रका मिडिया खास गरी टेलिभिजन र रेडियो नाफामुखी हुँदै गइरहेका छन् । तिनीहरुको जनहितको भूमिका घटिरहेको छ । जनतालाई नाफामुखी मिडियाको दुष्प्रभावबाट जोगाउनु, अस्वस्थ आर्थिक प्रतिस्पर्धा, अवांछित विज्ञापन र हानीकारक विषयवस्तुबाट जोगाउनु र सहज, सस्तो, सान्दर्भिक र उपयोगी विषयवस्तु उपलब्ध गराउनु राज्यको दायित्व हो । यही उद्देश्यमा सीमित भएर राज्यले जनतालाई सूचित, शिक्षित बनाउन र मनोरंजन दिनका मिडिया चलाउँछ; प्रेस चलाउँ दैन । 

मिडियाको लागि प्रेस र प्रेसको लागि मिडिया शब्दको प्रयोगले हामीकहाँ धेरै भ्रम सिर्जना गरिरहको छ । यो गडबडीले गर्दा प्रेसमा नाफामुखी मिडियाका दुर्गुणहरु प्रवेश गरी प्रेसबाट जनताको हितको कुरा गायब हुन थालेको देखिँदैछ । ग्लोबल र कमर्सियल मिडियाले प्रसलाई निल्ने खतरा बढिरहेको छ । यसैले अब मिडिया, प्रेस र पत्रकारितालाई स्पष्ट र आफ्नै अर्थ बुझाउने गरी उपयोग गर्ने बेला आइसकेको छ ।  समाप्त ।

नयाँ पत्रिका दैनिकमा २०६४ असार १ गते प्रकाशित ।

 


 
पत्रकारहरुको अधिकार र
कर्तव्यबारे दस्तावेजहरु
मिडियामा बालबालिका निर्देशन र सिद्धान्तहरू
bL3{sfnLg ;+rf/ gLlt २०५९
5fkfvfgf tyf k|sfzg P]g
5fkfvfgf tyf k|sfzg lgodfjnL
/fli6«o k|;f/0f lgodfjnL
;"rgf k|ljlw gLlt @)%&
संचारसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६२
प्रतिनिधि सभाको घोषणा, २०६३
सात दल र माओवादीबीच आठ बुँदे सहमति
सातदल र माओवादीबीच कार्तिक २२ गते भएको ऐतिहासिक सहमति
नेपालको अन्तरिम संविधान २०६३
नेपालको अन्तरिम संविधान २०६३ मा पहिलो संशोधन नेपालको अन्तरिम संविधान २०६३ मा दोस्रो संशोधन
उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
उपयोगी प्रकाशन

मधेस आन्दोलनमा मिडिया
मधेस आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका र झेल्नु परेको समस्याका बारेमा फ्रिडम फोरमले गरेको अध्यनको प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । अधिनायकवादी सत्ताको विरोधमा र जनअधिकारका पक्षमा लागेर खारिएको नेपाली प्रेस मधेस आन्दोलनमा किन आलोचित हुनुपर्‍यो ? कसरी यसको व्यावसायिक दक्षता र नैतिक आचारमाथि नै प्रश्न खडा भयो ? यस्ता अनेकौँ प्रश्नको जवाफ यो अध्ययन प्रतिवदनले दिन खोजेको छ । यसका सुझावहरु नेपाली प्रेसका लागि आँखा खोल्ने खालका छन् ।
प्रतिवेदनको सार हेर्न यहाँ क्लिक गर्नुहोस

नयाँ नेपालको निर्माण प्रक्रियामा आमसंचार कानुनको पुनरावलोकन (मस्यौदा प्रतिवेदन)
दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन (साफ्मा) नेपाल च्याप्टर


जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन (२०५३)

आमसंचार र कानुन नेपाल प्रेस इन्स्टिच्युट २०५८

 

 

 


प्रकाशनको दिग्दर्शन प्रेस काउन्सिल नेपाल चौथो संस्करण २०६०

 
 © Copyright 2004 Center for Media Rights. All Rights Reserved. For enquiries: Website Developed by: Dreams & Ideas